Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

नयाँ बर्ष शुभारम्भसँगै राजवंशी जातिले सिरुवा पर्व मनाउँदै

१ बैशाख,२ ० ७ १ उर्लाबारी।
siruwa नयाँ बर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ ।
मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीनदिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् । सिरुवा पर्वअन्तर्गत आज पानी सिरुवा मनाँदैछ । बर्षको पहिलो दिन अर्थात् बैशाख १ गते पानी छ्यापाछ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस् भन्दै पानी सिरुवा खेल्ने चलन छ । त्यस्तै भोलि बैशाख २ गते ‘काद’ सिरुवा मनाइनेछ । आदिवासी समुदायका राजवंशी जातिले आफुलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै भोलि ‘काद’ सिरुवा मनाउने गर्छन् । माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापाछ्याप गरी ‘काद’ सिरुवा मनाउने गरिन्छ।

siruwa 2
सिरुवा पर्वको अवसरमा सरकारले भोली राजवंशीहरुको बसोबास रहेको झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदासमेत दिएको छ । त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन बैशाख ३ गते ‘रंग’ सिरुवा मनाइने गरिन्छ । बर्षभरी आफुले इच्छाएका विभिन्न इच्छा चाहानाहरु पूरा होस् भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ ।
सिरुवा पर्वमा राजवंशी समूदायले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा लाग्ने सिरुवा मेला घुम्नुका साथै सामूहिक रुपमा सिरुवा कार्यक्रमहरु आयोजना गरी आपसमा शुभकामना आदान प्रदान गर्ने चलन पनि छ ।
पुरानो बर्षलाई विदाई गर्ने क्रममा हिजो साँझ राजवंशी जातिले गत बर्ष फलेका विभिन्न ७ वटा तरकारीलाई मिसाएर ‘सातसागी’ बनाएर खाएका छन् । त्यस्तै भोलि ‘काद’ सिरुवाको दिन घरको कुल देवताको पूजापाठ गरी बर्षभरी घर परिवार तथा परिवारका सदस्यमा कुनै दुःख कष्ट नपरोस् भन्दै बर्षभरीका लागि ‘चातर बाध्ने’ (विशेष पुजा) गरिन्छ । यो पर्व राजवंशीसहित ताजपुरिया, चौधरी, माझी, गन्गाई लगायतका जातिले पनि मनाउने गर्छन् । 
लेखक-अर्जुन राजवंशी

No comments:

Post a Comment