Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयलाई नगदसहित रत्न अवार्ड २०२३ प्रदान

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी रत्न अवार्ड २०२३ बाट सम्मानित भएका छन् । झापा कनकाई –९ मन्त्रीबारीका राजवंशीलाई भारत उत्तर दिनाजपुरको प्रभावशाली मानिएको सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिएकाे राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । माघ २ गते (जनवरी १६ तारिक) अभयलाई रत्न अवार्ड २०२३ सहित नगद ५० हजार भारू रूपैयाँ प्रदान गरिएकाे हाे । सामाजिक संस्था कोचिला गाभुर फ्रन्टका संस्थापक तथा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयले राजवंशी जातिको धार्मिक, साँस्कृतिक एवं समग्र जातीय विकासका निम्ति गरेको योगदानको कदर गर्दै उनलाई राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिने राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । ग्रेटर काेचविहार पिपल्स एशाेसिएसनका महासचिव, पश्चिम बंगाल राजवंशी डेभलपमेन्ट एण्ड कल्चरल बाेर्डका अध्यक्ष राजवंशी भाषा एकाडेमी बंगालका चेयरमेन बंशीधर बर्मनले अभयलाई रत्न अवार्डसहित नगद रकम र ट्रफी प्रदान गरेका थिए। झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका राजवंशी जातिको भाषा, धर्म, कला, संस्कृति, भेषभूषा तथा सिरुवा, घाटोसरी, डोलपावनी, गरुवाँसी, भाक्का दिवसलगायत पर्व र उत्सवहरुको संरक्षण तथा सम्वद्र्धनमा जुटेका अभयले आफूलाई सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गर्ने निर्णयको स्वागत गर्दै यो सम्मान आफ्नो मात्र नभएर झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका सम्पूर्ण राजवंशी जातिको सम्मान भएको बताए । राजवंशी रत्न अवार्ड २०२३ ले आफूलाई अझ राजवंशी जातिको जातीय विकासमा लाग्न प्रेरित गरेको उनले बताए ।

झापामा छैटौं 'राष्ट्रिय भाक्का दिवस'

आज झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइदै छ। कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउदै आएका छन्। चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो। झापाको बिर्तामोडमा आज सांस्कृतिक कार्यक्रम सहित छैटौं भाक्का दिवस मनाइदैछ।राजवंशी विकास समितिको आयोजनामा भएको कार्यक्रम बिभिन्न स्वादका अचार र तरकारी सहित भाक्काको स्टल राखिएका छन्। सो समुदायका महिलाले आफ्नो मौलिक पोशाक पेटानी लगाएर भाक्का पकाइरहेका छन्।पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ। कोच राजवंशी समुदाय बाहिर पनि यो परिकार प्रचलनमा आएपछि भाक्काको व्यवसायीक प्रबर्द्धन गरेको पाइन्छ। खानेकुरामा सिमित रहेको भाक्का यतिबेला राजवंशी समुदायको पहिचानसँग समेत जोडिएको देखिन्छ। ग्लोबल नेप्लिज सेफ फेदेरेसन झापाले भाक्का दिवसका अवसरमा भाक्कालाई नयाँ स्वाद सहित प्रदर्शनमा राखेको छ। फेदेरेशनले भाक्कालाई तिनतारे होटलको मेनुमा समेत राख्न तयारी गरिरहेको फेदेरेसनका झापा अध्यक्ष राज पौडेलले बताए। पुर्वी तराईमा भाक्कालाई जाडोको मौसममा चोकमा पाइने एक सामान्य खाजाको रूपमा लिने गरेको भएपनि भाक्का दिवस मनाउन थालिएपछी यसको चर्चा बढेको छ। चामल र कनिकाको पिठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ। पिठोमा कुनै मिसावट नहुने हुँदा यसलाई स्वस्थकर परिकारको रुपमा लिइन्छ। पुर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ। Sources: nagariknews.com

भाक्का दिवसको भव्यता........ पूर्वी तराइम रहेका राजवंशी समुदायको मौलिक भाक्का दिवस मनाउन भारतमा रहेका राजवंशीहरूको पनि उपस्थिति

बिर्तामोड — पूर्वी तराइका आदिवासी राजवंशी समुदायले मौलिक खाना संस्कृतिको रुपमा भव्य तरिकाले भाक्का दिवस मनाएका छन् । झापा र मोरङका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित उक्त समुदायले शुक्रबार छैठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो । कोचिला गाभुर फ्रन्ट र राजवंशी समाज विकास समितिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा बृहत कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका विभिन्न राज्यबाट समेत आएका राजवंशीहरुले बिर्तामोडमा भाक्का दिवस मनाएका हुन् । राजवंशी जातिको सिजनल परिकार भाक्का पछिल्लो समय व्यवसायिक बनेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि भाक्का दिवस मनाउन थालिएको हो । जाडो सिजनमा पूर्वी तराईका चोक बजारमा बिहानको खाजाको रुपमा भाक्का बेच्ने व्यापार निकै बढेको छ । राजवंशी जातिको विपन्न परिवारका महिलाले बिक्री गर्दै आएको भाक्का पछिल्लो समय गैर राजवंशी समुदायका महिलाले समेत व्यापारका रुपमा भाक्का बेच्ने गर्छन् । राजवंशी समुदायमा जाडो सिजनमा विशेष परिकारका रुपमा भाक्का खाने चलन छ । छोरी चेलीलाई बोलाएर परिवारका सबै भेला भएको दिन बिहान माछा, तरकार, धनिया–टमाटरको अचार र चियासँग भाक्का खाने चलन छ । तर, चोक बजारमा सामान्य अचारसँग मात्र भक्का खाने चलन रहेकाले यसको परम्परागत स्वाद आम मानिसमा पुर्‍याउनका लागि भक्का दिवस मनाउन थालेको राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य प्रमोद राजवंशीले जानकारी दिए । राष्ट्रिय भक्का दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।
Source: ekantipur.com

राष्ट्रिय भाक्का दिवस

कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् । बिस २०७९ सालको भक्का दिवसमा सबैलाई न्यानो स्वागत छ । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन मनाइन्छ । भक्का के हो ? राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । भक्का अथवा भक्का जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ । भक्का दिवसको सबैलाई शुभकामना ।
Ref:www.hamropatra.com