Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

डोमालाल राजवंशी रंगशाला लाई १४ बिगाह जग्गा दाता परिवार सुकुम्बासी

 कुनै समय गाउँकै धनी, अथाहा जग्गा जमिन भएको अनि सम्पन्न ब्यक्तिका  रुपमा परिचित थिए झापा बिर्तामोडका डोमालाल राजवंशी ।

उनी डोमालाल राजवंशी रंगशालाका जग्गा दाता पनि हुन् । उनका परिवार अहिले सुकुम्बासी भएर दयनीय जीवन बिताइरहेका छन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । डोमालाल राजवंशीले रंगशाला निमार्णका लागि देवी गुठीका नाममा १४ बिगाहा जग्गा दान दिएका थिए । जग्गा दान दिएकै कारण अहिले त्यो रंगशाला डोमालाल राजवंशी रंगशालाका रुपमा चिनिन्छ । तर तिनै दानवीरका परिवार अहिले सुकुम्बासी भएका छन् ।
बिर्ताबजारदेखि झण्डै एक किलाेिमटर दक्षिण–पश्चिम लस्करै बनिएका सुकुम्बासी बस्तीको बीचमा डोमालालका नाति भिमबहादुर र छविलाल सानो घर बनाएर बसेका छन् । डोमालाल राजवंशीका दुई छोरा गजेन्द्र र दिपेन्द्रको मृत्यु भैसकेको छ । ९० वर्षीया छोरी  सम्पती राजवंशी पनि कष्टपूर्ण जीवन बिताइरहेकी छिन् । जसलाई खान लाउन दिने र स्याहार गर्ने कोही छैन ।  अनि डोमालालका नाति भिमबहादुर र छबिलाल अहिले बिर्तामोडमै भारी बोक्ने भ्यान चलाएर गुजारा चलाइरहेका छन् ।