Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

रङ्गिलो सिरुवा

बाबाले फोन गरेर सोध्नुभयो, 'छोरी घर कहिले आउ“दैछौ, सिरुवा पाब्नीका लागि -' जवाफमा मैले भने“, 'बाबा † म घर आउन पाउ“दिन यसपाली ।' सायद बाबालाई नमज्जा लाग्यो होला, बिस्तारै बोल्नुभो, 'ल छोरी † राम्ररी बस्नु है त ।' सिरुवा पर्व सुनेर म टोलाए“ । यादहरूले एकपछि अर्को गर्दै मलाई भावुक बन्न कर गरायो । पोहोर मनाएकी थिए“, सिरुवा पाब्नी । हजुरआमा-हजुरबाबा, भाउजू,  साथीसंगीस“ग पानी छ्यापाछ्याप गरेर खेलेको 'पानी सिरुवा' । दोस्रो दिन हिलो छ्यापाछ्याप गरेर खेलेको 'काद सिरुवा', 'घाटो पूजा' सबै गाउ“का केटी मिलेर घाटोको गीत गाउ“दै खोलामा सेलाउन गएको सम्झ“दैछु । रातो, पहे“लो र हरियो रङ्गले पोतिएर, एकले अर्कालाई रङ्ग दलिदिएर खेलेको रङ्ग सिरुवा अनि आफ्नै आ“गनको मेलामा मोरङको झर्ुर्किया भन्ने ठाउ“बाट आएका राजवंशी नाचको नाच्ने शैली र दर्शकको मन जित्नसक्ने कलाकारिता देखेर हामी लठ्ठ भएका थियौं ।
पुरुष नै महिलाको पोसाकमा बीच-बीचमा ह“स्यौली गरेको देख्दा म र हजुरआमा पेट मिचिमिची हा“सेको हिजोजस्तै लाग्छ । वर्षदिन बितेछ । मेरा गाउ“का साथीभाइ र आफन्तले मलाई खुब सम्झेका छन् रे । रमाइलो गर्न म कहिल्यै पछि पर्दिनथे“ । यसपालीको 'सिर्वा' मेरालागि सम्झनामै रह्यो । सिरुवा पाब्नी-सिरुवा पर्व) राजवंशी जातिको एउटा महत्त्वपर्ूण्ा चाड । जुन नया“ वर्षो आगमनलाई स्वागत गर्न मनाइन्छ । वैशाख १ देखि ३ थतेसम्म बडो धुमधामसाथ मनाउने गरिन्छ । पहिलो दिन एकले अर्कालाई पानी छ्यापाछ्याप गरेर वर्षरि शीतलता प्रदान होस् भन्ने कामनासाथ शुभकामना आदान-प्रदान हुन्छ । त्यही दिन राजवंशीको घर-घरमा छोरी-बुहारीले नियमपर्ूवक घाटोको गीत गाउ“दै 'घाटो' -माटोको कलशजस्ता साना-साना मर्ूर्ति) पूजा गर्ने चलन छ । घाटो पूजाले वर्षरि जीउमा घाउखरिटा हुन दि“दैन भन्ने मान्यता छ । यस देवतालाई राजवंशीले 'तिस्तावुरी' वा खर्लीमाताको रूपमा मान्ने गरेको पाइन्छ । साथै त्यही दिन सात प्रकारका सब्जी पकाएर भोलिपल्टका लागि राखिन्छ । त्यसलाई 'सात सागी वैशागी' भनिन्छ ।  यसको अर्थ हो, वर्षरि नै सात व्यञ्जन खान पाइयोस् । दोस्रो दिन 'काद सिरुवा' कम रमाइलो हु“दैन । दर्ुइ-चार दिन अघिदेखि माटो भिजाएर बनाएको हिलोले सबै लतपतिएर, एकले अर्कालाई हिलो छ्याप्तै रमाइलो गरेको देख्दा, वृद्धवृद्धा, केटाकेटी, युवायुवती कोही पनि त्यो रमाइलोबाट अछूत रहन सक्तैनन् । यसरी हिलो खेल्नुको अर्थ हो- वर्षरि जति नै हिलो, धूलो, मैलोले ढाके पनि खुसियाली र शीतलता भने छाइरहोस् । पहिलो दिन पकाएर राखेको 'सात सागी वैशाखी' स्वादका साथ खाएर त्यही दिन सबै गाउ“ले मिलेर ग्रामदेवताको पूजा बडो धुमधामले गरिन्छ । यता छोरीचेली भने अघिल्लो दिन घरको कुनामा पूजा गरेर राखेका घाटो नजिकैको खोला, पोखरी अथवा पानी भएको ठाउ“मा गीत गाउ“दै सेलाउन जान्छन् । सेलाइसकेपछि त्यहीं बसेर गाजीमुटी -चना र भुजा) खान्छन् ।
साथै छातामा पानि हाल्दै त्यही पानी ल्याएर सधैं शीतलता छाओस् भन्ने मान्यतासाथ घर-आ“गन तथा सरसामग्रीमा र्छकने गर्छन् । त्यही दिन राजवंशी जातिले कूलदेवताको पूजा गरेर कूलगुरु 'ठाकुर'लाई ल्याएर वर्षरि घर-आ“गन र वरिपरि कुनै कुदृष्टि, रोगव्याधी, चोरी-डकैती, दैवीप्रकोप नलागोस् भन्ने मान्यतासाथ 'चातर' बानिन्छ । त्यही दिन घर-घरमा लसुन, प्याज, खर्ुसानी मूलढोकामा झुन्ड्याइन्छ । त्यसको र्अर्थ हो, कसैको घरमा कुदृष्टि नपरोस् । तेस्रो दिन रमाइलो र खुसी आदान-प्रदान गरिन्छ । त्यो दिन रङ्गको सिरुवा खेल्दै मीठा-मीठा खानेकुरा खाने चलन छ । जसको अर्थ हो, वर्षरि रङ्गनि भएर खुसी छाइरहोस् । त्यही दिनमा प्रायः प्रत्येक गाउ“मा नाच नचाउ“छन्, गाउ“का ठूलाठालुले वा भनौ देउनियाहरूले गाउ“लेलाई मनोरञ्जन दिन । संस्कार र संस्कृति कुनै जातिविशेषको अस्तित्व र पहिचान हो । खुसी आदान-प्रदान गर्ने बहाना हो । यसमा भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । कुनै संस्कार र संस्कृति त्यसै हाम्रा पर्ुखाले मान्दै आएका होइनन् । त्यसभित्र कुनै न कुनै भाव, अर्थ र महत्त्व लुकेको हुन्छ । त्यस्तै नेपालका पर्ूर्वी तर्राई झापा, मोरङ र सुनसरी मूलथलो भएका लगभग २ लाख जनसंख्याको हाराहारीमा रहेका राजवंशी जातिको सिरुवा पर्वले पनि बेग्लै महत्त्व बोकेको छ ।

No comments:

Post a Comment