Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

महिला सभासद्लाई प्रेम प्रस्ताव राख्ने घटे, भर्जिनिटी जोगाउने चिन्ता

milan-rajbanshi
२ फागुन, काठमाडौं । २९ वर्षकी सभासद् मिलन राजवंशी प्रेमबारे बोल्न संकोच मान्नु हुँदैन भन्ने मान्यता राख्छिन् । प्रेमबारे खुलस्त बोल्न खोजे पनि ‘अहिलेसम्म प्रेममा परेकी छैन’ भन्ने उनको भनाइले उनलाई ‘फ्रयांकनेस’लाई सन्देशास्पद बनाइदिएको छ । प्रेममा नपरे पनि कैयौं प्रेम र बिहे प्रस्तावलाई उनले लत्याइसकेकी छिन् ।
‘आई लभ यु र तिमीसँग बिहे गर्छु भन्ने कति आए कति,’ मन्द मुस्कुराउँदै उनी सुनाउँछिन्, ‘तर मैले मानिनँ ।’ सभासद् हुनु उनको ‘प्रेम जीवन’का निम्ति फलिफाप भएनछ । भन्छिन् ‘खै किन हो, सभासद् बनेपछि प्रेम प्रस्ताव गर्ने ह्वात्तै घटेका छन् ।
सभासद् हुनुपूर्व उनीमाथि चारैतिरबाट प्रेम प्रस्ताव ओइरिन्थ्यो रे ! ‘कहिलेकाँही त हैरान नै हुन्थ्येँ,’ उनी भन्छिन्, ‘अहिले त्यस्ता अनावश्यक झन्झटबाट मुक्त भएकी छु ।’ हँसिलो अनुहारकी राजवंशी नेपाल परिवार दलको समानुपातिक सिटअन्तर्गत सभासद बनेकी हुन् ।
अमेरिकाबाट चारबर्षे ‘इन्टरनेसनल लिडरसिप ट्रेनिङ कोर्स’ सिध्याएर ०६७ मा देश फर्केपछि राजवंशीमाथि प्रेमप्रस्ताव बढी ओइरिन थालेको हो । उनले हरेक प्रस्तावलाई आलटाल गरिन् ।
‘सभासद्को गरिमामय जिम्मेवारी निर्वाह गर्ने दायित्व
ममाथि आइलागेको छ । सभासद्लाई जिस्क्याउनु हुँदैन भनेर हो कि किन हो, प्रेम प्रस्ताव लिएर आउने घटेका छन् । सायद डराएर होलान्,’ उनको टिप्पणी छ ।
केही समय अमेरिका बसेपनि उनलाई त्यहाँको संस्कारले प्रभाव नपारेको र नेपाली संस्कार नै राम्रो लाग्ने राजवंशीको भनाई छ । बिहे अघिको यौनलाई उनी ठाडै अस्वीकार गर्छिन् ।
भन्छिन् -’बिहेअघिको यौन सम्बन्ध मेरो लागि स्वीकार्य छैन् । विश्वास गर्नुस् म आफ्नो संस्कारप्रति पूर्ण प्रतिवद्ध छु । अहिलेसम्म मैले भर्जिनिटी गुमाएकी छैन् । बिहेअगाडिको यौनबारे सोच्न पनि सक्दिनँ ।’
सभासद् बनेपछि भने उनीमाथि बिहे गर्ने चाहना पलाउन थालेको छ । तर, यतिबेलै उनलाई प्रेम अथवा बिहे प्रस्ताव गर्नेको खडेरी परेको नयाँ पत्रिका दैनिकमा खबर छ । सोचेजस्तो केटा पाए सभासद् बनेकै बेला बिहे गर्न उनी तयार रहेकी छिन् ।
Sources from Onlinekhabar

No comments:

Post a Comment