Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

दुवागढीमा बृहत कोच राजवंशी लोक सांस्कृतिक कार्यक्रम हुने

आत्माराम राजवंशी, खजुरगाछी ।
झापाको दुवागढीमा चैत १ र २ गते वृहत कोच राजवंशी लोक सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
डोल पावनी (फागु पूर्णिमा) को अवसरमा कोच राजवंशीहरुको जातीय पहिचान, संस्कृति र रहन सहनको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाइएको छ । राजवंशी समाज विकास समिति दुवागढी, राजवंशी जाग समाज दुवागढी र फुलभासा आदिवासी युवा क्लब दुवागढीको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल तथा भारतको कोच विहारका साहित्यकार, इतिहासकार, कविलगायत बरिष्ठ कलाकारहरुको उपस्थिति रहने आयोजक कमिटिका सदस्य दल सिंह राजवंशीले जनाएका छन्। कार्यक्रममा राजवंशी फेसन शो, फोटो प्रदर्शनी, राजवंशी लोक गीत तथा नृत्यको प्रस्तुति रहने आयोजक कमिटिले जनाएको छ ।

No comments:

Post a Comment