खुट्टामा हवाई चप्पल,कम्मर मुनी धोती र त्योभन्दामाथी शरीरको अगाडीको भाग
थोरै भएपनि स्पष्टरुपमा देखिने गरी लगाएको टाँकविहीन सर्ट वा टिसर्ट साथमा
उहाँसँगै देखिने गरेकी जसको खुट्टामा मेजीक चप्पल,आङ ढाक्नलाई सारीचोलो
लगाएकी हरपल साथमा देखिने एक दम्पत्ति शनिश्चरे-अर्जुनधारा क्षेत्रका
विभिन्न स्थानहरुमा कहिले ग्राहक कुरिरहेका हुन्छन् भने त कहिले अविरल
वर्षा,प्रचण्ड गर्मी,कठाङरीने जाडोकोसमेत प्रवाह नगरी ग्राहकहरुले
भनेबमोजीम उनीहरुका सामाग्रीहरु भेनको सहारामा गन्तव्यतर्फ अघि बढ्दै गरेका
भेटिन्छन् ।उहाँहरु हुनुहुन्छ अर्जुनधारा-१ हात्तीकिल्ला निवासी ६४ वर्षीय
दिनेश राजवंशी र उहाँको श्रीमती दया राजवंशी ।
‘छोरा पायो बूहारीको लागि र छोरी पायो ज्वाँइको लागि भनेझैं भएको छ हाम्रो जीवनहाम्रो छोराको आफ्नै घर र जग्गा भएतापनि हामीले उनीहरुबाट आजसम्म केही सहयोग पाउन नसक्दा हामी हाम्रो पेट पाल्नका लागि भएपनि भेन चलाउन बाहेक अन्य उपाय छैनछोरा आफ्नो भएपनि बूहारी आफ्नो हुन नसकेपछि हामीले छुट्टै बस्ने निर्णय गरेका हौं’केही भावुक मुद्रामा आफ्नो जीवनको पीडा राजवंशीले खुलासा गर्नुभयो ।
वि.स.२०१६ सालमा छिमेकी मुलुक भारतको रायगाजबाट १४-१५ वर्षको उमेरमा झापा जिल्ला घुम्न आएको उहाँलाई यहाँको वातावरण राम्रो लागेपछी भने यही ठाँउलाई कर्मथलोको रुपमा छनौट गरी आफ्नो बाँकी जीवन बिताउन सोच बनाउनुभएको उहाँले स्थायीरुपमा यही बसोवास गर्ने जमर्को गर्नुभयो ।आमा अनू र बुबा इन्द्र राजवंशीका तीन छोरा र चार छोरीहरुमध्येको जेठो छोरा राजवंशीले झापामा पहिलोपटक दुहागढीस्थित एक स्थानीय राजवंशीको घरबाट हली जीवन सुरु गर्दै क्रमिक रुपमा चन्द्रगढीस्थित एक स्थानीय श्रेष्ठको पसलमा सहयोगीपुन जयपुरस्थित एक स्थानीय ब्राम्हण थरको घर र अर्जुनधारा-७ स्थित नेत्रिसंह कामातको घरमा पनि हलीकारुपमा आफ्नो केही समय खर्चिनुभयो ।
यस बसाईकाबिच आफ्नो घर रायगाज पुगेको उहाँले भारतकै कोन्नाजरा निवासी जलन र दुखाराम राजवंशीका माईली छोरी दया राजवंशीसँग वैवाहीक वन्धनमा बाँधीएको केही वर्षपछि भने पुनः श्रीमती दयाको साथमा आफ्नो सोचलाई मूर्तरुप दिन झापा जिल्ला प्रवेश गर्नुभयो ।जीवनमा शिक्षा आर्जन गर्न नसकेका कारण नै आज आफू दुःखको भेलमा यसरी बग्नुपरेको तीतो सत्यलाई आत्मसाथ गरेको उहाँले शिक्षाबारेको एक घटना मन्द हाँसोको साथमा यसरी सुनाउनुभयो’हाम्रो गाँउ रायगाज नजिक एक विद्यालयमा कक्षा-२मा अध्धयन गर्ने क्रममा एकदिन हाम्रो शिक्षकले भेदभाव गर्नुभयो ।sुरा के थियो भने मेरो एक सहपाठीले गरेको गल्तीलाई शिक्षकले ढाकछोप गर्दै मलाई यातना दिएपछि भने मलाई अध्धयन गर्न मन लागेन र त्यसपछि विद्यालय जाने जिम्मेवारीबाट म प_िन्सए’
कान्छा छोराबूहारीले जग्गा खरीद गरी घर बनाएतापनि बूहारीको कारण उक्त घरमा अटाउन नसकेको बताउने उहाँहरु हाल अर्जुनधारा-१स्थित भूतपुर्व वनमन्त्री विरमणी ढकालको निजी जमिनमा रहेको एक घरमा बसोबास गर्दै आउनुभएको छ ।उहाँहरुको तीन छोरा र एक छोरी भएपनि आफ्नो जेठो छोराको अल्पायुमा भएको मृत्युले उजाडिएको मन थप माईलो छोरा गोपाल चौधरी हेण्डलको नेकपा माओवादीको कथित जनयुद्धमा भएको मृत्युले थप उजाड पारेको बताउनु हुन्छ ।’मेरो माईलो छोरा व्यवहारमा गलत थियो जसलाई म पनि स्वीकार्छु,हुनसक्छ माओवादीमा प्रवेश गरेको मेरो छोरा उसको गलत व्यवहारका कारण मारीयो होला तरपनि माओवादी पक्षबाट मारीनु नै चाँही अलिक चित्त नबुझदो भयो त्यसको विकल्पमा प्रशासनलाई सुम्पेको भए कमसेकम छोराले सजाय नै पाए पनि हाम्रो छोरा त रहन्थ्यो होला’आशाविहीन मुहारमा उहाँको आँखाबाट रसाएका आँशुले वातावरण केहीबेर स्तब्ध भयो ।
उदाउँदो सूर्यको किरणसँगै आफ्नो पेटका लागि श्रीमती दयाको साथमा भेन लिएर मजदुरीका लागि निस्कने उहाँहरुले दुई छोराको मृत्यु र कान्छा छोराको साथबाट टाढीएपछि भने वैदशीक रोजगारका लागि दिल्लीमा धेरै सपना सँगालेर कमाउन गएकी छोरीलाई नै बुढेसकालको सहारा ठान्ने गर्नुभएको छ ।छोरीको साथले केही हदसम्म सन्तोष भएको बताउने उनी भगवान् समक्ष आफ्नो याचना यसरी राख्नुहून्छूछोरीले केही मद्धत गरेपनि उ भनेको अर्काको घर जाने जात हो त्यसो हुँदा भोली हाम्रो छोरीले पनि विवाह गरेपछि भने हाम्रो अवस्था के हुन्छ होला ?
हलीको जीवनसँगै वि.स.२०५१ सालबाट सुरुमा साहूको ठेला चलाएर आफ्नो प्रवेश यस क्षेत्रमा गराएको उहाँले त्यसपछि भने केही कमाएको पैसाबाट सस्तोमा आफ्नो निजी भेन किनेका हुन् ।आफ्नो औषत आम्दानी र त्यस समयमा र हालको समयमा भएको महँगीबारे उहाँको धारणा यस्तो पाइन्छ,पहिले दैनिक दुई सय कमाउँदा पनि झोलाभरी सामग्रीहरु पाइन्थ्यो भने हाल दैनिक पाँच सय कमाए पनि खल्ती भर्न मुस्किल परेको छर मुस्किलले कुनै दिन बचत गरेपनि काम नचलेको अर्को दिन त बचत खर्च गर्नुबाहेक अन्य उपाय हामीसँग हुँदैन |
अब त हली जीवन र जनमन बस्न मन नलाग्ने,उमेरले पनि साथ नदिने हुँदा मजबुरीले भेन चलाउनु परेको बाध्यतालाई उजागर गर्नुहुने उहाँका लागि आफ्नो जग्गा खरीद गरी घर बनाएर खुशीका साथ जीवन बिताउन पाँउछु भन्नु त केवल दिवा स्वपन मात्र भएको उहाँको ठम्याई छ भने आफ्ना नातागोताहरुको साथमा गएर बसौं भन्ने आग्रहलाई पनि उहाँ यसरी स्पष्ट पार्नुहुन्छ’सन्तानबाट त अपहेलित मान्छे हामी अब मेरो नातागोताहरुका लागि बोझ बन्न चाहन्न बरु जति सक्छौं आफै गर्छौंनसकेको दिन देखाइजाला’

भूतपुर्व वनमन्त्री ढकालको निजी जग्गामा रहेको हाल बसोबास गर्दै घर अगाडी राजवंशी दम्पत्ती । |
श्रीमती दयाको सहयोगमा सामग्राीहरु गन्तवयतर्फ ओसारपसार गर्दै । |
जीवनको
एक दशकभन्दा बढी साथ उहाँलाई भेन चलाउन साथ दिएकी उहाँका श्रीमती दया
आफ्नो कुरा यसरी राख्नुहुन्छूके गर्नु हाम्रो तग्दीरमा नै यस्तो लेखेको
होला सधैं दुःख गर्नुपर्नेहिजोको दिनमा त उहाँलाई भेन चलाउन साथ दिएकी मैले
आज बुढ्यौलीमा एक्लै पठाउन पनि सक्दिन फेरी उहाँले पनि सक्नुहुन्न
त्यसकारण मैले उहाँलाई साथ दिनु नै मेरो कर्तव्य हो भने भेन चलाउनु नै
हाम्रो एकमात्र बाँच्ने आधार भएको छ
अरुको घरमा हली,जनमन,ठेला र भेन साचालनमा आफ्नो उर्जाशील जीवन बिताइसक्नुभएको उहाँलाई जीवन र जीवनको रमाईलो क्षणबारे बुझन खोज्दा आफ्नो धारणा यसरी व्यक्त गर्नुहुन्छ’जीवन देखि सार् है वाक्क लाग्ने गरेको छजति काम गरेपनि बसेर खुशीको गाँस खानलाई कहिल्ये पुग्दैन बरु प्राण गइदेओस् जस्तो लाग्छ र जीवनको रमाईलो क्षण यहाँ त पाइन साइद मरेपछि उता पाँउछु होला’

No comments:
Post a Comment