Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

सुरू भयो सिरूवा

आत्माराम राजवंशी, खजुरगाछी ।
नयाँ वर्षको आगमनसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाईं, ताजपुरिया, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन वैशाख १ गते जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ । एकआपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान-प्रदान गर्दै सामूहिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरिएको छ । चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा-मिठा परिकार समेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ ।
यसै पर्वको अवसर पारेर राजवंशी समाज विकास समिति गरामनीले ‘समावेसी सिरुवा उत्सव’ गर्दैछ । वैशाख १ गते अनारमनीस्थित डोमालाल रंगशालामा जिल्लाव्यापी समावेसी सिरुवा उत्सवको आयोजना गरेको राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष टोम राजवंशीले बताएका छन् । उनका अनुसार वैशाख १ गते सैनिकमोडदेखि विर्तामोड हुँदै रगंशालामा पुगेर पानी सिरुवा खेल्ने, २ गते रङ्गशालामा काद सिरुवा खेल्ने र ३ गते रङ्गशालामा वृहत समावेसी सांस्कृतिक कार्यक्रमसहित रङ्ग सिरुवा खेल्ने कार्यक्रम छ । यसैगरी सिरुवा पर्वकै अवसर पारेर राजवंशी समाज विकास उपत्यका क्षेत्रीय समिति काठमाडौंले पनि काठमाडौंको खुल्ला मञ्चमा सामुहिकरुपमा सिरुवा पर्वको आयोजना गरेको छ । समितिका क्षेत्रीय अध्यक्ष श्याम राजवंशीका अनुसार वैशाख १ गते पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामुहिकरुपमा खेल्ने र खुल्लामञ्चमा गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने कार्यक्रम रहेको अध्यक्ष राजवंशीले बताए । क्षेत्रीय समिति काठमाडौंले विगत ५ वर्षदेखि खुल्लामञ्चमा सामुहिकरुपमा हर्षोल्लास सिरुवा पर्व मनाउँदै आएको छ ।
यसै गरी राजवंशी समाज विकास समिति कोहबाराले पनि सिरुवा पर्वकै अवसर पारेर विविध सांस्कृतिक कार्यक्रमलगायत भाग्यशाली उपहार कार्यक्रमको आयोजना गरेको छ ।
सिरुवा पर्व पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा विशेषरुपमा मान्ने गर्छन् । नेपाल बाहेक भारतको आसाम, पश्चिम बंगाल, कोचबिहार, पानी ट्यांकीलगायतका क्षेत्रमा पनि ३ दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरेको खजुरगाछीका समाजसेवी कमल राजवंशी बताउँछन् । विशेषगरी यी जातिहरुले मुख्य पर्वको रुपमा मनाउँदै आएको सिरुवा पर्वको ऐतिहासिक तथ्यबारे युवापुस्ताहरुमा कमै जानकारी छ । तर, परम्परागत रुपमा मनाउँदै आएको यस पर्वको विशेष महत्व रहँदै आएको छ ।
तराई क्षेत्रमा बसोबास गर्दैआएका भूमिपुत्रको रुपमा चिनिने यी आदिवासी समुदायहरुको जातीय पर्वको रुपमा मानिने सिरुवा पर्व पछिल्लो समय लोप हुँदै गएको महशुस स्वयम् आदिवासी समुदायले गर्न थालेका छन् ।
Sources from Purbeli Times link http://purbelitimes.com/blog/2013/04/13/सुरू-भयो-सिरूवा/

No comments:

Post a Comment