Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

शत प्रतिशत म ठिक पार्दछु’

आफ्ना बाबु बाजेले गरि आएको पेशा तिनका छोरा नातिले पनि गरिरहन्छन् भन्ने कुरामा सवैले विश्वास नगर्न पनि सक्छन् । तर झापाको महेशपुरको एक राजवंशी परिवार तीन पुस्तादेखि एउटै पेशामा लागिपरेको छ । परिवारका सवै छोराहरूले आयुर्वेद उपचारमा पचासौं वर्षअघिका सीप र ज्ञान अझै कायम नै राखेका छन् । ‘अझै विधिसङ्गत ढङ्गले विकास गर्दै लगेका छौं’,त्यही तीनपुस्ते आयुर्वेद चिकीत्साका आयुर्वेदक धिरेन्द्र राजवंशी बताउँछन् ।
झापाको महेशपुर–१ बस्ने ती आयुर्वेदकको जडिबुटीले हातखुट्टाको हड्डी भाँचिएको,टुटेफुटेको उपचारमा विज्ञानका डाक्टरीलाई समेत चुनौति दिई आएको छ । ‘शत प्रतिशत म ठिक पार्दछु’ उनले भने, ‘तर जाती हुन्छ भनेर रोगका बारे हेलचेक्र्याँई गर्नु हुन्न ।’ बाजे, बुबाबाट आयुर्वेद उपचार विधि सिकेजानेका बताउने उनले झापाको दमकमा भर्खरै उपचार केन्द्र शुरू गरि आफ्नो पेशालाई मजबुत तुल्याएका छन् । यसअघि इलामको फिक्कलमा समेत उपचार केन्द्र गरी सयौं त्यस्ता रोगीको सफल उपचार गरेको उनको दाबी छ ।
स्थानीय वनजङ्गलमा सजिलै पाईने झारपातलाई कुटेर,पिसेर तयार गरिने उनको ओखती हातखुट्टाका हड्डी टुटेफुटेको भाँचिएकोका लागि मूल ओखती हो भन्ने तर्क गर्छन् उनी। ‘हाम्रो गाउँ ठाउँमा प्रशस्त त्यस्ता जडीबुटी छन्, जसको सदुपयोग हुन सकेको छैन’, पुस्तौंदेखि तयस्ता उपचारमा जमेका अनुभव साट्दै धिरेन्द्र भन्छन् । सस्तो र भरपर्दो उपचार गर्नु यो विधि हो । उनी त्यस्ता विरामीको अवस्था हेरी उसको समस्याबारे केलाउने र जडिबुटी लगाउने गर्ने गर्छन् । एक्सरे बिना सकेसम्म उनी उपचार उपचार विधि नै अपनाउँदैनन् ।


आयुर्वेदक धिरेन्द्र राजवंशी

भित्तामा एक्सरे हेर्ने उपकरण देखाउँदै उनी भन्छन्, ‘जुन समस्या छ हेर्ने र उपचार पछि एकसर गरेर आफूले गरेको उपचारको स्थिति हेर्छु ।’ हड्डी टुटेफुटेको, भाँचिएको बिरामीलाई सामान्य आयुर्वेदीक ओखती खान दिने र ओखती दलेर गाउँले काम्रो लगाईदिन्छन् । ‘हामी प्लष्टर गर्दैनौं, केन्द्रमा राख्दैनौं पनि’, धिरेन्द्र भन्छन्, ‘तर उ डेढ दुइ महिनामा ३/४ पटक आउनुपर्छ ।’
कुनै बेला स्कुले जीवनमा कवड्डी खेलका राष्ट्रिय खेलाडी समेत भएका उनका २ दाजुभाइ अगम र श्याम समेतले आयुर्वेदमा काम गरि आएका छन् । अगम विर्तामोड र श्यामले घरमै आयुर्वेद उपचार गरिरहेका छन् । उनीहरुले बाजे इन्द्रसिंह, बुबा नगदलालबाट ती उपचारको शिक्षा हासिल गरेका हुन् ।
यसबाहेक जिल्ला आयुर्वेदले बेला बेलामा उनीहरूलाई घरेलु आयुर्वेद उपचारका बारे तालिम दिने गरेको छ । एस.एल.सी.सम्म अध्ययन गरेका ३५ वर्षीय धिरेन्द्रले मान्छे बाहेक गाइबस्तुको खुट्टाको हड्डी टुटुफुटेको,भाँचिएको समेत उपचार गर्ने गरेका छन् । पैसा कमाउने भन्दा आफ्नो पेशा सेवामुखी भएको बताउने उनी विरामीको सहजतालाई ध्यान दिएर घरमा पुगेरसमेत औषधि उपचार गर्ने गर्छन् । ‘पैसा कमाउने स्वार्थ भन्दा पनि हाम्रो गाउँ घरका झारपात ओखती पनि बन्दा रहेछन् भन्ने प्रचारमा छु’, उनी थप्छन् ‘आयुर्वेद चिकीत्सा पद्धतिमा राज्यको ध्यान जानुपर्छ ।’(स्रोत पुर्बेलितिमेस)

No comments:

Post a Comment