Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

‘हास्य सम्राट’ गोकुल रहेनन्

गोकुल राजबंशी
बिर्तामोड,चैत ११ । तत्कालीन राजा महेन्द्रबाट नेपाली हास्य सम्राटको उपाधि पाएका गोकुल राजबंशीको आइतबार विहान २ः३० बजे निजी निवासमा निधन भएको छ ।
राजगढ गाबिस बार्ड नं –३ बुट्टावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु जितनलाल राजबंशी र आमा बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशीका एक दिदी आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाइँसराईको क्रममा २००६ साल कार्तिक महिनामा घैलाडुब्बा बार्ड न –७ मा आउनु भएका उहाँले बाँकी जीवन यसै गाबिसमा विताउनु भयो । उहाँ आदर्श उच्च माबि घैलाडुब्बामा कक्षा १० सम्मको अध्ययन पूरा गरी त्यसै बिद्यालयमा २०२२ सालदेखि १० बर्षसम्म शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पुराना मानिसहरु गोकुल सर भनेर चिन्दछन् ।
उहाँको विवाह २०२१ सालमा शरणामती गाबिस पन्तापाडाका बच्चु राजबंशीका जेष्ठ सुपुत्री रुपदो राजबंशीसँग भएको थियो । उहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँले चित्रकला, मुर्तिकला, साहित्य, हास्यव्यङ्ग्य, नाटक, गीत, कबिता, बाल कथा आदि धेरै सृजनाहरु नेपाली कला जगतलाई दिएर जानु भएको छ । त्यसैले राजा महेन्द्रबाट उहाँलाई २०१८ सालमा हास्य सम्राटको उपाधि दिनुभएको थियो । उहाँले राजबंशी समुदायमा जनचेतना अभिबृद्धि गर्न साथै आफ्ना मौलिक परम्परागत संस्कृतिको जगेर्नास्वरुप नटुवा, ढुल्की, हुदुरधुरा, बस्त्रहरण, लंका, ढोल आदि नाचहरु राष्ट्रिय नाच घर, काठमाण्डौ सम्म पुर्याउनु भएको थियो ।
उहाँले हास्य नाटक हुदुरधुरालाई नेपाली भाषाामा रुपान्तर गरी राष्ट्रिय नाचघरमा मञ्चन गर्दा त्यहाँ उपस्थित राजा महेन्द्रलगायतका देशकै प्रमुख पदाधिकारीहरु हाँसो थाम्न नसकेर आफू बसेको कुर्सीबाट लडेका थिए र उहाँलाई १ हप्तासम्म हँसाउन प्रतिबन्ध लगाइएको थियो । त्यसबखत उहाँलाई दरबारमा कलाकारका रुपमा नियुक्त गरिएको थियो भने राजा महेन्द्रले २०३३ सालमा नेपाल प्रहरीको कन्स्टेवलमा नियुक्ति दिलाउनु भएको थियो ।
उहाँ २०३२ सालमा गाउँ सभासद् निर्वाचित हुनु भयो भने २०३६ सालमा जननिर्वाचित वार्ड अध्यक्ष हुनु भएको थियो । २०४६ सालको आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो । नाटकको माध्यमबाट नेपाली जनतालाई प्रजातन्त्र प्राप्तिको लागि लड्न चेतना अभिबृद्धि गर्नुहुने उहाँले २०४७ सालमा राजबंशी भाषाको पहिलो स्टेज चलचित्र बिश्वासघात निर्माण गर्नुभयो ।
२०५३ सालमा पहिलो राजवंशी फिल्म विधुतार लेखा निर्माण गर्नु भयो । त्यस्तै २०५८ सालमा राजबंशी चलचित्र देवसरी, २०६५ सालमा मोर जीवनसाथी, २०६७ सालमा वागानेर फूल, चलचित्र निर्माण गर्नुभयो । उहाँले देशकै बिभिन्न संघ संस्थाबाट सयौं कदरपत्र, सम्मानपत्र प्राप्त गर्नुभएको छ । बी.पी बिचार संस्थाका संस्थापक केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका उहाँका ५ छोरा झन्कार, दरप, बिश्वदीप, यमलाल, कृष्ण छन् भने ३ छोरी अनि ७ नाति र ७ नातिनी रहेका छन् । उहाँका दुई जना छोरा कतारमा र दुई जना छोरा दुबईमा वैदेशिक रोजगारमा रहेका छन् ।

No comments:

Post a Comment