Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

नायक भुवनेश्वर चर्चाको शिखरमा


आत्माराम राजवंशी, खजुरगाछी
राजवंशी सांगीतिक आकाशमा उदाएका नायक तथा निर्माता भुवनेश्वर राजवंशी आफ्नो तेस्रो प्रस्तुति लिएर बजारमा आएका छन् । राजवंशी भिडियो एल्बम ‘मनेर रानी’ उनले चैत्र १२ गतेदेखि सर्वत्र बजारमा ल्याएका हुन् । इलाम र झापाका विभिन्न ठाउँमा सुटिङ्ग गरिएको सो एल्बममा उनी मोडेलको रुपमा देखिएका छन् । एलबमका ८ वटा गीतमध्ये ‘ओ मोर दिलेर रानी’ बोलको गीतले चर्चा पाएको नायक भुवनेश्वरको ठम्याई छ ।
रामनारायण सिंह राजवंशी र मनेजादेवी राजवंशीको कान्छो छोराकोरुपमा जन्मिएका भुवनेश्वरको स्थायी घर महाभारा-१ कुञ्जीवारी हो । सानैदेखि गीत र संगीतमा रुची राख्ने उनले यसअघि ‘सुनगे माई’ र ‘मनेर काथा’ भिडियो एल्बम बजारमा ल्याइसकेका छन् । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनले राजवंशी फिल्म ‘बागानेर
फूल’ मा निर्माता र ‘सितार सिन्दुर’ मा नायकको भूमिका निर्वाह गरिसकेका छन् ।
प्लानेट मिडिया लक्ष्मीपुरको सम्पादन रहेको ‘मनेर रानी’ ले बजार कति लेला वा नलेला यो त हेर्न बाँकी नै छ तर दर्शकको माया भने अपार पाउने निश्चित छ । नायक भुवनेश्वरले भने, ‘दर्शकहरुले यो एल्बमको बारेमा राम्रो प्रतिक्रिया दिएका छन् । बजार पाउनेमा म ढुक्क छु ।’ यस एल्बमको ‘ओ मोर दिललेर रानी’ र ‘तुइ जदी मिली जाले’ बोलको गीतको चर्चाले नायक भुवनेश्वरलाई मात्र होइन यसको पुरै टिमलाई चर्चाको शिखरमा पुर्याएको छ । आगामी दिनको योजना सुनाउँदै उनले अब निर्माण हुन लागेको राजवंशी फिल्म ‘कलेज लाइफ’ मा नायकको भूमिका खेल्ने बताए । Sources from www.purbelitimes.com

No comments:

Post a Comment