Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

बाह्रदशीको अध्यक्षमा चारजना राजवंशी भिडेपछि…

गत स्थानीय निर्वाचनमा बाह्रदशी गाउँपालिकामा धेरै राजवंशी जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । ७ वटा वडा रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, दुई वडाध्यक्षसहित ८ जना राजवंशी जनप्रतिनिधि निर्वाचित भएका थिए । अध्यक्षमा खड्गप्रसाद राजवंशी , उपाध्यक्षमा रत्ना राजवंशी , वडाध्यक्षमा शम्भुसिंह राजवंशी , विरेन्द्रप्रसाद राजवंशीलगायत राजवंशी जनप्रतिनिधिहरुको राम्रो पकड रहेको थियो । तर, यस वर्षको स्थानीय तहको निर्वाचनमा आफू–आफूबीच भोट काटकाट गर्दा बाह्रदशी गाउँपालिकामा राजवंशीहरुले आफ्नो वर्चस्व गुमाएका छन् ।

स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा चार जना राजवंशी उठेका छन् । नेपाली कांग्रेसका तर्फबाट निवर्तमान अध्यक्ष खड्गप्रसाद राजवंशी , राप्रपाका तर्फबाट रामकुमारसिंह राजवंशी , जनता समाजवादी पार्टीका तर्फबाट रंगलाल राजवंशी र जनमत पार्टीका तर्फबाट आसिनलाल राजवंशी अध्यक्षमा उठेका हुन् । पार्टीगत भोटसंगै जातिगत भोटबाट निर्वाचन जित्नुपर्ने अबस्थामा एउटै पदका लागि चारजना उठेपछि आदिवासीहरुको भोट छरिएको छ । जसका कारण ती चारैजना राजवंशी उम्मेदवारहरुले निर्वाचन हार्दैछन् ।

हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार देविन्द्रप्रसाद चम्लागाईले ४६६३ , कांग्रेसका खड्गप्रसाद राजवंशीले ३४५२ , राप्रपाका रामकुमारसिंह राजवंशीले ३३९० , जनता समाजवादी पार्टीका रंगलाल राजवंशीले ९८ र जनमत पार्टीका आसिनलाल राजवंशीले ३२ मत ल्याएका छन् ।

बाह्रदशी गाउँपालिका राजवंशीहरुको बहुल क्षेत्र हो । करिब ४१ जातजातिको बसोबास रहेको बाह्रदशी गाउँपालिकामा राजवंशी जातिको जनसँख्या सबैभन्दा बढी रहेको छ । २ हजार घरधुरीमा रहेका राजवंशीहरुको जनसँख्या ९ हजार १३१ रहेको छ । जुन कूल जनसँख्याको २३.०५ प्रतिशत हो ।

Sources:Pratidin National Daily Newspaper

 

No comments:

Post a Comment