Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

३ करोड नेपालीले हेर्नु पर्ने ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ भिडियो

  गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन् । गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन् ।

देशभक्ति गीत पागलको म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ । हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाई ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मा सामबेश गीत मै हु ढाका टोपी यो गत बर्षको टोपी दिवसलाई मध्यनजर गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो ।

बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका ०२ चारपाने, झापामा जन्मेका राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमशस् ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन् । यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिए ।Sources"sansarnews.com 

No comments:

Post a Comment