Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

जल सिरुवा-रंग सिरुवा-कादो सिरुवा

राजबंशीहरुको  महान पर्ब सिरुवा पावनी बैशाख को पहिलो दिन देखि सुरु हुन्छ ! परापुर्वकाल देखि बसोबास गर्दै आएका राजबंशी, ताजपुरिया, गंगई, थारु, धिमाल लगायेत आदिबासी बस्तिहरू माँ यो पावनी को रौनक बडेको हुन्छ ! प्रतेक नया बर्ष माँ मनाईने यो चाड नेपाल को तराई का अधिकांस आदिबासी हरु ले मनाउने यो सबै भन्दा ठुलो पर्व हो ! यो पर्व विशेष गरी ३ दिन सम्म मनाइन छ ! यस पर्व को पहिलो दिन बैशाख १ गते अर्थात यस दिन लाइ पानी सिरुवा भन्ने गरिन्छ ! पानी सिरुवा माँ आफूभन्दा ठुलाको खुट्टामा पानी हालेर आशिर्बाद ली ne गरिन्छ ! शुभकामना आदान प्रदान गर्ने गरिन्छ ! बर्षको दुःख कस्ट लाइ धोई पखाली नया बर्षको सुरुवात संगै बर्ष भरी शरीर ठंडा र शीतल रहोस भनी कामना गरिने राजबंशी हरुको भनाई छ ! यसै दिन राती जरिबुट्टी खोजेर ल्याई कसैले न देख्ने ग़री घरको चारै किल्ला मा पूजापाठ गरिन्छ ! बर्ष भरी कुनै पनि शत्रुले परिवारका कुनै सदस्यता माथी बैरभाव नराखोस भन्ने कामना गरिन्छ !
दोस्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ ! यसदीन एक अर्कालाई हिलो छ्याप-छयाप गरेर मनाउने गर्छन ! बर्ष भरिका दुःख  कष्ट, पीड़ा र थकान लाई मेटाउन कादो सिरुवा खेलिने चलन छ ! यसो गर्ना ले माटो शारीर अन्तत माटो मै बिलिन हुने भएका ले शारीर लाई कुनै रोग ब्याधि न लागने भनेर राजबंशी हरु को ! विश्वास छ !
नव बर्ष को तेस्रो दिन रंग सिरुवा खेलिन्छ ! रंग सिरुवा मा एक अर्का बीच रंग छ्यापेर शुभकामना आदान प्रदान गर्ने गरिन्छ ! रिस, राग त्यागेरा मन मुटाबलाई रंग खेली हर्स उल्लाश का साथ मनाइन्छ ! सबै ले नया बर्ष को उपलक्ष्यत मा नया लुगा लगाउने, मिठो - मिठो परिकार बनाएर खाने चलन छ !
पर्व को पहिलो दिन सातसागी (७ प्रकार को तरकारी) खाने गरिन्छ ! यो पर्व मा घाटो सरि समेत बगाउने गरिन्छ ! दुइ दिन सम्म घर मै पुजा ग़री नजिक को खोला मा घाटो लाइ बगाइंछ ! यसको प्रसाद खायो भने मुखमा हुने घाउ खटिरा निको हुने जन विश्वास रहे को छ ! रंग सिरुवा दिन देखि नै विभिन्न ठाउ मा मेला लागने गर्द छ ! बिशेस ग़री झापा, मोरंग र सुनसरी जिल्ला बाहेक भारत को कोच बिहार, जलपाईगुरि, पानीटंकी, आसाम र भुटान मा समेत राजबंशी हरु हर्सो उल्लाश का साथ तीन दिन सम्म मनाउने गर्दछन ! यस दिन मेला मा यस समुदायका युवक युवती ले आफ्नु मन् परेको केटा केटी रोज्ने प्रचलन रहे को छ !

No comments:

Post a Comment