Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

गायक श्री Prajesh राजवंशी



(Pic Courtesy: Inspire Media, An Official Media partner of Kochila Gabhur Front Kgf Social Organisation)

गायक श्री Prajesh राजवंशी आज आम कोच राजवंशी माझ मात्र परिचित छैनन्, उनी समस्त झापालीहरुको मात्र नभएर पूर्वान्ञ्चल कै सान हुन्! सानै उमेर देखी गायनमा आफुलाई बिधालय र साथी भाई माझ सुरिलो आवाजले चिनाएका झापा चारपानेका यी कलिला गायकले तब सबैको ध्यान आफु तर्फ तान्न सफल भए जब पश्चिमाञ्चलको पोखरामा देश भरिबाट प्रतिस्पर्धा गर्ने हजारौ प्रतिभावान गायकहरुलाई उछिन्दै नेपाल गोल्डेन आईडलको First Runner Up को उपाधी जित्दै आफ्नो नाम कोच राजवंशी इतिहास मै स्वर्ण अक्षरले लेखाए! समाज सेवी बुबा श्री ज्ञानु राजवंशी द्वारा शब्द /रचना गरिएको गितहरु कान्छा छोरा प्रजेशको २ वटा नयाँ एल्बम "साली तोर मुई रसिया" र देशभक्त गिती एल्बम "मेरो देश" मार्फत चाँडै बजारमा आउँदैछ! कोचिला सांस्कृतिक फ्रन्टको आयोजनामा झापाको फुलबारी मेलाको अवसरमा फुलबारी स्थित आरम्भ बाल शिक्षालयमा गएको असोज १९ गते आयोजित कोचिला सांस्कृतिक कन्सर्टमा उनको रास्ट्रप्रेम, संस्कृति प्रेम र देशभक्तिले ओतप्रोत गीत "जागरे उठ गाभुर चेङ्राला...., सुनेर उपस्थित दर्शकहरु रोमान्चित भएका थिए भने उनले गाएको अर्को गित "साली तोर मुई रसिया..." सुनेर दर्शकहरु मन्त्रमुग्ध भएका थिए! गायक प्रजेश राजवंशी द्वारा आउँदो गरुवासी(दिपावली) पर्वको अवसरमा झापाको कचनकवल गाउँपालिकामा कोचिला सांस्कृतिक फ्रन्ट द्वारा बृहद रुपमा आयोजना गरिने कोचिला सांस्कृतिक कन्सर्टमा दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् भने राष्ट्रिय कोच गायन प्रतियोगिता बिजेता गायक श्री Dil Rajbanshi को समेत बेजोड प्रस्तुती रहने छ! गायक दिल कुमार राजवंशी द्वारा कोचिला सांस्कृतिक कन्सर्टमा "जाग जाग जाग जाग रे वीर गाभुरला".....क्रान्तिकारी कोच गीत गाएर युवाहरुलाई उर्जा दिएका थिए! सो कन्सर्टमा इन्स्पायर मिडियाका CEO श्री Kiran Khatiwada द्वारा गायक दिल कुमार राजवंशीको गायकीको प्रशंशा गर्दै प्रोत्साहन स्वरुप एउटा म्युजिक भिडियो निशुल्क निर्माण गरिदिने घोषणा गर्नुभयो! गायक दिलकुमार राजवंशी लाई कोचिला मजदुर फ्रन्टका कार्यकारी समिती सदस्य श्री Shyam Rajbanshi तथा जेनिश राजवंशी द्वारा एल्बम निर्माण गर्न सहयोगको लागी १५००/१५०० रुपैयाँ प्रदान गरिएको थियो!(Copied)

Please link below to see NEPAL GOLDEN IDOL Performance by Singer Prajesh Rajbanshi on Nepali song.
.
Video Link




No comments:

Post a Comment