झापा : 'यो त हाम्रो यता इन्डियाको बिस्कुट हो, खानु न क्या मीठो छ', मेची नदी पारिपट्टि रहेको महेशपुर गाविस-२ का साउनिया राजवंशीले त्यहीँको प्रहरीचौकीमा भेला भएका झापाका प्रहरीप्रमुख प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यसहितको टोलीसँग भने। टोलीका सबैले मुखामुख गरे। प्रहरी उपरीक्षक आचार्यले भने, 'क्या गजबको कुरा गर्नु भो। यो पनि त नेपाल नै हो।'
मेचीपारिको गाउँ महेशपुर-२ का बासिन्दा। |
मेची नदी पूर्वी नेपालको सीमाबाट बग्छ, तर मेचीपारि पनि नेपालको एउटा बस्ती छ, झापा महेशपुर गाविसको वडानम्बर २। जहाँ करिब आठ सय मानिसको बसोबास छ। त्यहाँ बसोबास गर्नेमा प्राय: आदिवासी राजवंशी समुदाय छन्। उनीहरू दशकौंदेखि चौतर्फी उपेक्षाको सिकार भएका छन्। उनीहरूका लागि राज्यले दिएको एउटा प्रहरीचौकी र एउटा प्राथमिक विद्यालय मात्रै हो।
कक्षा ५ सम्म पढाइ हुने स्कुल सकेपछि त्यहाँका विद्यार्थीलाई थप शिक्षा लिन मेची तरेर अर्को स्कुल जाने कि पढाइ छाड्ने
भन्ने चिन्ताले पिरोल्छ। स्थानीय बासिन्दा हावालाल राजवंशीका अनुसार त्यहाँका अधिकांश बालबालिका मावि तहसम्मको शिक्षा लिनबाट वञ्चित छन्। गाउँका बासिन्दाले न बिजुलीको उज्यालो देखेका छन् न त खानेपानीको राम्रो व्यवस्था छ। गाउँमा चुनाउका बेला धेरै नेता आएको तर गएपछि फर्केर कोही पनि नआएको स्थानीय बासिन्दाको गुनासो छ।

सदरमुकाम चन्द्रगढीबाट आधा घन्टा लाग्ने भए पनि त्यहाँ पुग्न निकै कठिन छ। सुक्खायाममा त जसोतसो मेची नदी तर्न सकिन्छ, तर वर्षायाममा सबै कुरा बिर्सेर त्यहीँ टापुजस्तो ठाउँमा बस्नुको विकल्प छैन। स्थानीय बासिन्दा साउनिया भन्छन्, 'असार, साउन र भदौ महिनामा कोही बिरामी भए भने पनि कतै लैजान सकिँदैन। नेपालपट्टि मेची नदी र पूर्व भारतपट्टि अर्को खोला छ, जुन वर्षाको समयमा उर्लेर आउँछ।'
उनका अनुसार गोजीमा पैसा भए पनि मर्नुको विकल्प छैन। स्थानीय बासिन्दाका अनुसार २०२१ साल भन्दाअघि मेची नदी नेपाल र भारतको सीमामै थियो। २०२१ सालदेखि नदीले धार परिवर्तन गरेर बस्तीलाई चिरिदिएपछि उनीहरूको गाउँ बीचबाट नदी बग्न थाल्यो। त्यही दिनदेखि उनीहरूको दिनचर्या कष्टपूर्ण बन्यो।
भौगोलिक हिसाबले उनीलाई भारततिर जान सहज हुन थाल्यो। अहिले उनीहरू नुनतेल किन्न पर्दा भारत जान सहज मान्छन्।
भौगोलिक हिसाबले उनीलाई भारततिर जान सहज हुन थाल्यो। अहिले उनीहरू नुनतेल किन्न पर्दा भारत जान सहज मान्छन्।
चुनाउका बेला पुग्ने राजनीतिक दलका नेतालाई उनीको एउटै अनुरोध हुने गरेको छ, आफ्नो बास बस्ने र गरिखाने स्थानको सुरक्षाका लागि मेची नदीमा तटबन्धको व्यवस्था गरिदेऊ। वर्षायामका बेला प्रहरीचौकी भए पनि आफूहरूले केही गर्ने परिस्थिति नरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भेषबहादुर राउतले बताए। उनले भने, 'हामीले पनि वर्षायामको तीन महिना परिवारको माया मार्नुपर्छ।'
Resources : Nepali Newspaper'AnnapurnaPost'
No comments:
Post a Comment