Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

राजवंशी समुदायद्वारा दधिकादो पर्व

झापा जिल्लाका राजबंशी समुदायका मानिसहरुले बिभिन्न कार्यक्रमको आयोजना गरी दधिकादो पर्व मनाउने गरेका छन् । हरेक बर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट वा नवमीका दिन राजबंशी समुदायले यो पर्व मनाउदै आएका छन ।दधिकादो पर्वको अवसरमा  झापा को  विभिन्न ठाउँहरु  जस्तै गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी तथा मेचीनगर नगरपालिका लगायतका स्थानहरु मा बसोबास गर्दै आएका राजंवशी समुदायले बिबिध कार्यक्रम गरि  यो पर्व मनाउने गरेका छन् । ती ठाउँका राजवंशी समुदायले भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुद लगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउने गरेका छन् ।

भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्ब मनाउने किबंदन्ती रहि आएकॊ छ । खासगरि दधिकादो भनेको दहिको हिलो भने पनि दहि नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताईएको छ । यहि पर्बको अबसर पारेर धेरै ठाउँहरुमा राजबंशी समुदायले कृष्ण मन्दिरहरुमा कृष्णअष्टमीका दिन रातभर भजन किर्तन गरि जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकादो पवको अवसरमा बिबिध कार्यक्रमहरु संचालन गर्ने गरेको  पाइन्छ । बिशेषगरि अन्य समुदायको बाहुल्यता र नयाँ पिंढीहरु आधुनिकतामा रमाउँदै नयाँ नयाँ सोच बिचारमा डुबेका कारण दधिकादो पर्ब लोप हुने अबस्थामा पुगेको राजबंशी समुदायका अग्रजहरु बताउँछन् ।

सिरुवा
राजवंशीहरुको महानपर्व सिरुवा ,परापूर्वकालदेखि वसोबास गर्दै आएका राजवंशी, ताजपूरिया, गन्गाई, थारु, धिमाललगायत आदिवासीहरुको पाब्नी हो । प्रत्येक नयाँ वर्षमा मनाइने यो चाड तराईका अधिकांश आदिवासीहरुले मनाउने यो सबै भन्दा ठूलो पर्व हो । विशेष गरी ३ दिनसम्म मनाइन्छ ।पहिलो दिन बैशाख १ गते अर्थात् यस दिनलाई पानी सिरुवा भन्ने गरिन्छ । पानी सिरुवामा आफूभन्दा ठूलाको खुट्टामा पानी हालेर आशिर्वाद लिने गरिन्छ । शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वर्षको दुःख कष्टलाई धोइ पखाली नयाँ वर्षको शुरुवातसँगै वर्षभरि शरीर ठण्डा र शीतल रहोस् । यसैदिन राति जडिबुटी खोजेर ल्याई कसैले नदेख्ने गरी घरको चारै किल्लामा पूजापाठ गरिन्छ । वर्षभरि कुनै पनि शत्रुले परिवारका कुनै पनि सदस्यमाथि वैरभाव नराखोस भन्ने कामना गरिन्छ ।
दोस्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ । यसदिन एक अर्कालाई हिलो छ्यापा-छ्याप गरेर मनाउने गर्छन् । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेलिने चलन छ । यसो गर्नाले माटोको शरीर अन्ततः माटो मै विलिन हुने भएकाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने  बताउँछन् ।
नवबर्षको तेस्रो दिन रंग सिरुवा खेलिन्छ । रंग सिरुवामा एक अर्काबीच रंग छ्यापेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेर मनमुटावलाई बिर्सेर रंग खेली हर्ष उल्लासका साथ मनाइन्छ । सबैले नयाँ बर्षको उपलक्ष्यमा नयाँ लुगा लगाउने, मिठो-मिठो परिकार बनाएर खाने चलन छ ।
--------------------------------------------------------------------------------
Peoples from Rajbanshi Community celebrate Dadhhi Kaada Festival on the occasion of Lord Kirshna Janma Asthami- the birthday of Lord Krishna. Accordong to the holy books it is believed that Lord Krishna's birth was for the great cause in order to eradicate evil powers from the earth by killing king of evil Kansha who was his own maternal unlce. So the people celebrate this festival remembering the joy and happiness of people at that time due to his birth. They also believe that Lord Krishna is the savior of earth and as a sign of happiness. Rajbanshi people celebrates this festival by playing Dadhi Kaada and some call it also as Nariyol Khela ( Coconut Game). In this festivals the youths make an arena with full of clay and place one newly plucked coconut on the centre and resemblance of temple of Lord Krishna is kept in one end of the arena. The participants of Nariyol Khela ( Coconut Game) tries to put the coconut inside the temple and other tries to oppose them from entering the coconut into the temple. Crowds of hundreds people gathers to see the Dadhi Kaada festival. The participant who becames able to put the coconut into the temple is declared as winner and is awarded with suitable gifts and cash prizes. The participants believes that if they wins the game then they are able to get rain of blessing from Lord Krishna through out their life and every desires will be fulfilled without any hinderences..

No comments:

Post a Comment