Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

'डाक्टर' बन्न रिक्सा चलाउँदै सुनिलकुमार राजवंशी

सुनिलकुमार राजवंशी
'दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै बढी दुःख दे।' प्रशिद्ध नाटककार बालकृष्ण समको यो भनाई मोरङ्का सुनिलकुमार राजवंशीको घरको छानोमा चरितार्थ भएको छ।
पढेर 'डाक्टर' बन्ने उनको ईच्छालाई पैसाले कहिल्यै साथ दिएन। उनी जसरी पनि 'डाक्टर' बन्ने र गरिब दुःखीको सेवा गर्ने योजनामा छन्। तर, पैसा नहुँदाको पिडालाई उनले बिर्तामोडको टन्टलापुर घाम या भारी वर्षासँग रिक्सा कुदाएर सामना गर्देछन्।
आपगाछी – ७ का इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोरा उनी यतिबेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा.लिमा
ल्याव टेक्निसियन अध्ययन गर्दैछन्। आर्थिक अवस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको बाहुनीस्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए।
आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर विराटनगरको सरस्वती उच्च माध्यमिक विद्यालयमा प्लसटु सम्मको अध्ययन गरे। तर, त्योभन्दा अघि अध्ययन गर्न आर्थिक समस्या भएको उनले बताए।
सानै उमेरदेखि 'डाक्टर' बन्ने सपना बोकेका राजवंशी अहिले दैनिक रिक्सा चलाएर भएपनि आफ्नो रहर पूरा गर्न अग्रसर बनेका छन्। उनी अहिले बिर्तामोडस्थित महानन्द चौकमा स्थानीयको घरमा भाडामा बसेर रबी रिक्सा ग्यारेजको रिक्सा चलाउँदै पढ्ने खर्च जुटाउँदैछन्।
दैनिक ७० रुपैयाँमा रिक्सा ठेक्कामा लिएर कलेज छुट्टीको समयमा रिक्सा कुदाउँदै अध्ययन खर्च जुटाउने गरेको राजबंसीले बताए। जागिर खोज्दा कतै नपाइएपछि बाध्य भएर आफूले रिक्सा कुदाएको उनी सुनाउँछन्।
पढ्ने खर्च जुटाउँनकै लागि मैले गत वर्षबाट बिर्तामोडमा आएर रिक्सा कुदाउँन थालेको हुँ। राजवंशी भन्छन–'रिक्सा कुदाउने क्रममा कतिपटक त कुटाईसमेत खाएको छु।'
दिनहुँ घाम, पानी नभनी रिक्सा कुदाउने गरेका राजवंशी आफ्नो दुखेसो पोख्दै भन्छन–'रिक्सा चालकलाई सबैले हेप्दा रहेछन् कतिपय मानिसले भाडा माग्दा नाना थरी गाली गर्दै भाडा समेत दिदैनन्।'
'वीएम्एलटी' सम्मको अध्ययन गर्ने ईच्छा राखेका उनले गरिबको सेवा गर्न अहिले दुःख गरेको बताए।
रिक्सा कुदाएर राजवंशीले दैनिक दुई सयदेखि तीनसय रुपैयाँसम्म कमाई गर्ने गरेका छन्। कमाएको पैसाले कहिलेकाँही घर भाडा तिर्न र खान समेत नपुग्ने उनले बताए। बिहान साढे ६ बजे कलेज जाने गरेका उनी छुट्टीपछि दैनिक रिक्सा लिएर प्यासेन्जरको खोजीमा सडकमा निस्कन्छन्। उनी भन्छन,'दिनभर रिक्सा कुदाएर साँझ थकित भएपनि १० बजेसम्म पढ्छु।'
ल्याव टेक्निसियन अध्ययनका लागि तीनलाख २० हजार रुपैयाँ खर्च लाग्ने उनि अध्ययनरत कलेजको प्रशासन शाखाले बताएको छ। उनी भन्छन–'यतिका पैसा रिक्सा कुदाएर कमाउन सके भने अवश्य पनि आफू जस्तै गरिबको सेवा गर्ने छु।'
अहिले भर्ना शुल्क तिर्न समेत पूरा पैसा नभएर किस्तामा तिर्ने गरेको उनले बताए।
रिक्सा चलाएर ल्याव टेक्निसियन शिक्षाको खर्च जोहो गर्दै गरेका मोरङ आपगाछी – ७ का सुनिलकुमार राजवंशीलाई बिर्तामोडको एक कम्प्युटर इन्टिच्यूटले निःशुल्क कम्प्युटर अध्ययन गराउने भएको छ।
 
सेतोपाटीमा आएको समाचार को प्रभावले राजबंसीलाई उनको ईच्छा अनुसारको कम्प्युटर शिक्षा दिन लागेको दाताले बताए। दलित बर्ग उत्थान समन्नवय समिति बिर्तामोडका सचिव बीरबहादुर दर्नाल र एनआइसी कम्प्यूटर इन्टिच्यूट बिर्तामोडले निःशुल्क कम्प्युटर अध्ययन गराउने भएको संञ्चालकले सेतोपाटीलाई बताए।
 
बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा.लिमा अध्ययनरत राजवंशीले अध्ययनका लागि खर्च जुटाउन रिक्सा चलाउदै आएको खवर सेतोपाटीमा आएको थियो। समाचार यस्तो थियो-
 
कम्प्यूटर अध्ययनका लागि आफूहरुले राजवंशीले इच्छाएको जुनसुकै कोर्ष निःशुल्क अध्यापन गराउने एनओसी कम्प्यूटरका सञ्चालक दूर्गा पौडेलले बताए। 'पढ्छु भन्नेलाई हामी सबै मिलेर अध्ययनको वातावरण मिलाउन मानवीय सेवाभाव हो', पौडेलले भने।

No comments:

Post a Comment