Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

तराईका आदिवासीहरु हुक्काहुक्की हर्षोल्लासपूर्वक मनाउँदै

१८ कार्तिक, खजुरगाछी ।
राजवंशी समाज विकास समिति जुरोपानीले शुभ दिपावलीको अवसरमा आइतबार धुमधामसग सामुहिक हुक्काहुक्की खेलको आयोजना गरेको छ । तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउँदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिँदै मनाएको समाजका अध्यक्ष रघुनाथ राजवंशीले वताए ।
हर्षोल्लासपूर्वक मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, कोच, ताजपुरिया, ऋषिदेव, माझी,
गन्गाई समुदायमा त्यस किसिमको सांस्कृतिक कार्यक्रम तथा खेलहरु सामूहिकरुपमा आयोजना गरिएको हो । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको राजवंशी समाज विकास समितिका खजुरगाछी अध्यक्ष कुंकिल राजवंशी बताउँछन् ।

 जुरोपानीको अरुणोदय प्राविमा हुक्काहुक्की कार्यक्रमका लागि राजवंशी समाज विकास समिति जुरोपानीले व्यवस्थापन समिति नै गठन गरेको थियो । समितिको अध्यक्षमा रघुनाथ राजवंशी, उपाध्यक्ष हेमन राजवंशी, सचिव शिवराम राजवंशी र कोषाध्यक्षमा राजकुमारी राजवंशी रहेका छन् । सो समितिले हुक्काहुक्की विशेष समारोहको व्यवस्थापन गरेर हर्षोल्लासपूर्वक परम्परागत खेल खेल्न सहभागीहरु जुटाएको समितिका अध्यक्ष रघुनाथ राजवंशीले बताए । कार्यक्रममा विशेष अतिथि राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष टोम राजवंशी, गंगाराम ताजपूरिया, देवीप्रसाद राजवंशी, फुलवती राजवंशी, कमल प्रसाद राजवंशी, तीर्थ राजवंशी, आत्माराम राजवंशीलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment