विराटनगर, असार १७
-
'मधेसका नाममा धोका मात्र भयो, अन्य समुदायले त सोझासीधा भनेर हाम्रो भावनामा
खेलवाड गरेकै थिए, तर मधेसी भनाउँदा पनि उनीहरूभन्दा कम निस्केनन्,' सहिद पिता
राजकुमार राजवंशीले भने, 'आज मेरा छोराको बलिदान खेर गएजस्तै लागिरहेको छ
।'
मोरङको कटहरी ५ हल्दीबारीका राजकुमार यतिबेला दुःखी छन् । उतिबेला मधेस
मुक्तिका लागि भन्दै हातमा मसाल बोकेर निस्केको छोरोको छातीमा लागेको गोलीले अहिले
पनि उनको पोली रहेको छ । 'मधेसी नेताले हाम्रा घाउमा मलम लगाउलान् भन्ने आशा थियो,
तर उनीहरूले पनि हाम्रा भावनामा खेलवाड गरे,' उनले भने ।