Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

Siruwa Festival Celebrated by All Rajbanshies

Siruwa pabni / New year

Siruwa pabni is one of the biggest festival celeberatd by koch people of Nepal.This is a special festival of the indigenous communities of Nepal which is celebrated for three days starting from the New Year's Day. There is a belief that the difficulties and crisis would be away when the village deities is made happy with worshipping.People here worship the village deities and mark the festival with the beginning of the Nepali New Year .On the first day of the festival which is known as Pani (water) Siruwa people splash water at each other. The second day of the festival is known as Kad (mud) Siruwa in which people put mud to each other and the third day is called the Rang (colour) Siruwa.on this day people enjoy the dayby putting with colours to each others.They forget their problems and evil thoughts and enjoy the day with colours with friend ,family and dearest one .In this festival ,they visit their relatives and friends too.also prepare delecious food on this ocassion.The famous koch food "Gaji muri " is prepared for all the three days during this festival.On the ocassion of siruwa KOCHES also organises different cultural programs on the third day of siruwa in different places of Jhapa,morang and sunsari.on this festival Goverment also gives Public holiday for three days to celebrate this festival.

सिरुवा पावनी एक परिचय (Siruwa Festival A brief description)

नयाँ वर्षमा मनाइने यो चाड पूर्वी तराइमा मानिने प्रमुख पर्व हो यो पर्व विशेष गरी ३ दिनसम्म मनाइन्छ । यस पर्व लाई  जुर शितल पनि भन्ने गरिन्छ  यस पर्वको पहिलो दिन बैशाख १ गते अर्थात् यस दिनलाई पानी सिरुवा भन्ने गरिन्छ । पानी सिरुवामा आफूभन्दा ठूलाको खुट्टामा पानी हालेर आशिर्वाद लिने गरिन्छ । शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वर्षको दुःख कष्टलाई धोइ पखाली नयाँ वर्षको शुरुवातसँगै वर्षभरि शरीर ठण्डा र शीतल रहोस् भनी कामना गरिन्छ 
दोस्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ । यसदिन एक अर्कालाई हिलो छ्यापा-छ्याप गरेर मनाउने गर्छन् । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेलिने चलन छ । यसो गर्नाले माटोको शरीर अन्ततः माटो मै विलिन हुने भएकाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने बिश्वास गरिन्छ नवबर्षको तेस्रो दिन रंग सिरुवा खेलिन्छ । रंग सिरुवामा एक अर्काबीच रंग छ्यापेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेर मनमुटावलाई बिर्सेर रंग खेली हर्ष उल्लासका साथ मनाइन्छ । सबैले नयाँ बर्षको उपलक्ष्यमा नयाँ लुगा लगाउने, मिठो-मिठो परिकार बनाएर खाने चलन छ ।

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयलाई नगदसहित रत्न अवार्ड २०२३ प्रदान

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी रत्न अवार्ड २०२३ बाट सम्मानित भएका छन् । झापा कनकाई –९ मन्त्रीबारीका राजवंशीलाई भारत उत्तर दिनाजपुरको प्रभावशाली मानिएको सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिएकाे राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । माघ २ गते (जनवरी १६ तारिक) अभयलाई रत्न अवार्ड २०२३ सहित नगद ५० हजार भारू रूपैयाँ प्रदान गरिएकाे हाे । सामाजिक संस्था कोचिला गाभुर फ्रन्टका संस्थापक तथा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयले राजवंशी जातिको धार्मिक, साँस्कृतिक एवं समग्र जातीय विकासका निम्ति गरेको योगदानको कदर गर्दै उनलाई राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिने राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । ग्रेटर काेचविहार पिपल्स एशाेसिएसनका महासचिव, पश्चिम बंगाल राजवंशी डेभलपमेन्ट एण्ड कल्चरल बाेर्डका अध्यक्ष राजवंशी भाषा एकाडेमी बंगालका चेयरमेन बंशीधर बर्मनले अभयलाई रत्न अवार्डसहित नगद रकम र ट्रफी प्रदान गरेका थिए। झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका राजवंशी जातिको भाषा, धर्म, कला, संस्कृति, भेषभूषा तथा सिरुवा, घाटोसरी, डोलपावनी, गरुवाँसी, भाक्का दिवसलगायत पर्व र उत्सवहरुको संरक्षण तथा सम्वद्र्धनमा जुटेका अभयले आफूलाई सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गर्ने निर्णयको स्वागत गर्दै यो सम्मान आफ्नो मात्र नभएर झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका सम्पूर्ण राजवंशी जातिको सम्मान भएको बताए । राजवंशी रत्न अवार्ड २०२३ ले आफूलाई अझ राजवंशी जातिको जातीय विकासमा लाग्न प्रेरित गरेको उनले बताए ।

झापामा छैटौं 'राष्ट्रिय भाक्का दिवस'

आज झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइदै छ। कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउदै आएका छन्। चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो। झापाको बिर्तामोडमा आज सांस्कृतिक कार्यक्रम सहित छैटौं भाक्का दिवस मनाइदैछ।राजवंशी विकास समितिको आयोजनामा भएको कार्यक्रम बिभिन्न स्वादका अचार र तरकारी सहित भाक्काको स्टल राखिएका छन्। सो समुदायका महिलाले आफ्नो मौलिक पोशाक पेटानी लगाएर भाक्का पकाइरहेका छन्।पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ। कोच राजवंशी समुदाय बाहिर पनि यो परिकार प्रचलनमा आएपछि भाक्काको व्यवसायीक प्रबर्द्धन गरेको पाइन्छ। खानेकुरामा सिमित रहेको भाक्का यतिबेला राजवंशी समुदायको पहिचानसँग समेत जोडिएको देखिन्छ। ग्लोबल नेप्लिज सेफ फेदेरेसन झापाले भाक्का दिवसका अवसरमा भाक्कालाई नयाँ स्वाद सहित प्रदर्शनमा राखेको छ। फेदेरेशनले भाक्कालाई तिनतारे होटलको मेनुमा समेत राख्न तयारी गरिरहेको फेदेरेसनका झापा अध्यक्ष राज पौडेलले बताए। पुर्वी तराईमा भाक्कालाई जाडोको मौसममा चोकमा पाइने एक सामान्य खाजाको रूपमा लिने गरेको भएपनि भाक्का दिवस मनाउन थालिएपछी यसको चर्चा बढेको छ। चामल र कनिकाको पिठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ। पिठोमा कुनै मिसावट नहुने हुँदा यसलाई स्वस्थकर परिकारको रुपमा लिइन्छ। पुर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ। Sources: nagariknews.com

भाक्का दिवसको भव्यता........ पूर्वी तराइम रहेका राजवंशी समुदायको मौलिक भाक्का दिवस मनाउन भारतमा रहेका राजवंशीहरूको पनि उपस्थिति

बिर्तामोड — पूर्वी तराइका आदिवासी राजवंशी समुदायले मौलिक खाना संस्कृतिको रुपमा भव्य तरिकाले भाक्का दिवस मनाएका छन् । झापा र मोरङका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित उक्त समुदायले शुक्रबार छैठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो । कोचिला गाभुर फ्रन्ट र राजवंशी समाज विकास समितिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा बृहत कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका विभिन्न राज्यबाट समेत आएका राजवंशीहरुले बिर्तामोडमा भाक्का दिवस मनाएका हुन् । राजवंशी जातिको सिजनल परिकार भाक्का पछिल्लो समय व्यवसायिक बनेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि भाक्का दिवस मनाउन थालिएको हो । जाडो सिजनमा पूर्वी तराईका चोक बजारमा बिहानको खाजाको रुपमा भाक्का बेच्ने व्यापार निकै बढेको छ । राजवंशी जातिको विपन्न परिवारका महिलाले बिक्री गर्दै आएको भाक्का पछिल्लो समय गैर राजवंशी समुदायका महिलाले समेत व्यापारका रुपमा भाक्का बेच्ने गर्छन् । राजवंशी समुदायमा जाडो सिजनमा विशेष परिकारका रुपमा भाक्का खाने चलन छ । छोरी चेलीलाई बोलाएर परिवारका सबै भेला भएको दिन बिहान माछा, तरकार, धनिया–टमाटरको अचार र चियासँग भाक्का खाने चलन छ । तर, चोक बजारमा सामान्य अचारसँग मात्र भक्का खाने चलन रहेकाले यसको परम्परागत स्वाद आम मानिसमा पुर्‍याउनका लागि भक्का दिवस मनाउन थालेको राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य प्रमोद राजवंशीले जानकारी दिए । राष्ट्रिय भक्का दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।
Source: ekantipur.com