Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

राजवंशीको पहिचान ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ अब रहेन

करिब तीन दशक अघिसम्म झापा र मोरङमा बसोबास गर्ने राजवंशी समुदायका हात्ती चढ्ने देउनीया जमिनदार०लाई अहिले साइकल चढ्नसमेत समस्या छ ।
सौख र शानले जीवन जिएका झापा र मोरङका झण्डै दुई दर्जनभन्दा बढी राजवंशी देउनीयाले त्यसताका हात्ती पालेका हुन्थे । ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ वंशको चिह्न नाति, धनको चिह्न हात्ती० राजवंशी समुदायको चर्चित उखानै हो । हात्तीका लागि चरन क्षेत्रको अभाव र हात्ती पालुवा देउनीयाको धन सम्पत्ति सकिँदै गएपछि यो उखान पनि राजवंशी समुदायको जनजिब्रोबाट हटेर गएको छ ।

हात्ती पालुवा देउनीया अहिले कसैको घरमा पनि हात्ती छैन । यहा“सम्म कि हात्ती चढेका कतिपय देउनीया र उनीहरुका सन्तानले अहिले साइकल पनि चढ्न सकिरहेका छैनन् । विगतमा आन, बान र शान भएका राजवंशीले गिर्दो आर्थिक अवस्थाका कारण विलाशी र आरामदायी सवारीसाधन हात्तीलाई थेग्न नसकेको बताउनुहुन्छ राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोम राजवंशी । आर्थिक अवस्था कमजोर भएपछि धेरैले आ–आफ्ना हात्ती बिक्री गरेका र आवश्यक स्याहार नपुग्दा केहीका हात्ती मरेका राजवंशीले बताउनुभयो ।
झापाको बिर्तामोड क्षेत्रमा मात्रै तीन दशक अघिसम्म सात वटा हात्ती पालिएका थिए । बिर्तामोडमा सतानुसिंह राजवंशी, सतालसिंह राजवंशी, मुलाई राजवंशी, मण्डा राजवंशी, भाजीखुवा राजवंशी, माक्ना चौधरी र भरतबाबु सीके० प्रसाईंले हात्ती पाल्नुभएको थियो ।
त्यस्तै, महेशपुरका सुन्दरलाल राजवंशी, हल्दीबारीका हागा राजवंशी, राजगढका छविलाल राजवंशी, मोतीलाल राजवंशी, सिक्टा मिया, चेमा राजवंशी, बस्तीपागला राजवंशी, गौरीगञ्जका भीमप्रसाद राजवंशी चौधरी, गोजोसिंह राजवंशीको घरमा पनि हात्ती पालिएको थियो ।उता, मोरङमा आधा दर्जन भन्दा बढी देउनीयाको घरमा पनि हात्ती पालिएको थियो । डायनिया कुरेलीका तीलकचन्द्र राजवंशी चौधरीको घरमा तीनवटा हात्ती थियो भने कटहरीका चैतुलाल राजवंशी चौधरी, गोविन्दपुरका सुन्दरलाल राजवंशी, झुर्कियाका मोटा जिम्दारलगायतले हात्ती पाल्नुभएको थियो । उहाँहरुमध्ये धेरैका छोरा नातिलाई अहिले अर्थाभावका कारण साइकल चढ्न पनि धौ–धौ परिरहेको बताइएको छ ।
बर्तामोड नगरपालिकास्थित बिर्ताबजारका सतानुसिंह राजवंशीकी श्रीमती ८१ वर्षीया गौरवतीलाई पहिलेका कुरा सम्झिँदा मन खिन्न हुन्छ । विसं २०१३ मा उहाँको विवाह हु“दा चार वटा हात्ती, १२ वटा भन्दा बढी घोडा र धेरै सम्पनी गाडी ९सजाइएको गोरु गाडा जन्तीमा लगिएको थियो । गौरावती आफ्नो विवाह सम्झिँदै भन्नुहुन्छ – “त्यस्तो रमाइलो कहिल्यै हेर्न त्यस यता मैले पाएको छैन ।
बेहुली भएर भित्रिएको दिन सम्झँदै उहाँ भन्नुहुन्छ – “म भित्रँदा मेरो घरमा हात्तीसँगै दुईवटा जिप र एउटा ट्र्याक्टर पनि थियो, तर म हात्तीमै सवार गर्थे । मलाई हात्तीमै सवार हुन आनन्द लाग्थ्यो ।” गरामनीको दशैँ मेला, किच्चकबध मेला र माइत पथरीया जा“दा हात्तीमै जाने गरेका उहाँ सम्झनुहुन्छ । उहाँले थप्नुभयो– “बेचिसकेको हात्तीको सम्झना गर्दा पनि मन भक्कानिएर आउँछ ।” अहिले गौरावतीसँग हात्तीको चिनोस्वरुप एउटा दा¥हा मात्र बा“की छ ।
बाल्यकालमा आफू चढेको हात्तीका बारेमा सम्झिँदा सतालसिंह राजवंशीका छोरा विजयलाई पनि नरमाइलो लाग्छ । “त्यतिबेला राजवंशी सयौँ बिगाहा जमिनका मालिक थिए,” उहाँ भन्नुहुन्छ – समय परिस्थितिले यो नाजुक अवस्थामा हामीलाई ल्याई पु¥यायो । गिर्दो आर्थिक अवस्थाकै कारण राजवंशीले हात्ती बेच्नुपरेको उहाँको भोगाइ छ । त्यतिबेला सतालसिंहको १०० बिगाहा जग्गा रहेकामा अहिले १५ बिगाहामा खुम्चिएको छ । अरु सबै जग्गा जमिन दान र बिक्री गरेरै सकिएको उहाँ बताउनुहुन्छ ।
गौरावतीलाई मात्र होइन छविलाल राजवंशीकी श्रीमती केशवतीलाई पनि दशैँ मेला र भारतको कदुभिट्टा मेला हात्तीमा चढेर घुम्न गएको स्मरण ताजै छ । विसं २०२९ मा भारत विहारको खाग्रा मेलामा रु छ हजारमा आफूहरुले हात्ती किनेर ल्याएको उहाँले सुनाउनुभयो । त्यसबेला धेरै राजवंशी देउनीयाले भारतबाटै हात्ती घोडा किन्ने गरेको पनि उहाँ सम्झनुुहुन्छ ।
हात्ती पाल्ने सयौँ बिगाहा जग्गा भएका देउनीयाका सन्तान अहिले सुकुम्बासी भएका छन् । हात्ती पाल्ने बाह्रदशी गाउँपालिका–२ राजगढका मोतिलाल राजवंशीका सन्तान हुन् वा मोरङ कटहरीका जमिन्दार चैतुलाल राजवंशी चौधरीका परिवारका सदस्य हुन् तर विगतको जस्तो प्रतिष्ठा र वैभव रहेन । अहिले आफ्नै छोराछोरी पाल्न उनीहरुलाई गाह्रो परिरहेको छ । मोतिलाल राजवंशी तत्कालीन राजगढ गाविसका अध्यक्षसमेत हुनुभएको थियो ।
“जग्गाजमिन घट्दै गयो, आफ्ना छोराछोरी पाल्न नसकिरहेका बेला हात्ती कसरी पाल्न सकिन्छ,” मोरङ कटहरी निवासी पूर्व गृहराज्यमन्त्री भीमराज राजवंशी भन्नुहुन्छ – “व्यवस्थापन गर्न नसक्दा सबैले हात्ती बेच्नु परेको हो ।”
हात्तीका लागि आवश्यक चरन, जलाशय, बस्ने घरका साथै माउतेको समस्याका कारण पनि घरायसी प्रयोजनका लागि हात्ती पाल्न मुस्किल परेको बताइन्छ । त्योसँगै हात्तीको आहार पाइने वनजंगलको फँडानीले पनि हात्तीपालनमा समस्या आएको हो । विगतमा झापा जिल्ला घना जंगलले ढाकिएको थियो ।
गरिबीसँगै चरिचरनको कमी र माउते नभेट्दा हात्ती बेच्नु परेको बताउनुहुन्छ बाह्रदशी गाउ“पालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी । उहाँ भन्नुहुन्छ– “राजवंशीले हात्ती पालेको कुरा अब दन्त्य कथा जस्तै भइसक्यो ।”
अहिले एउटा हात्तीको मूल्य उमेर हेरेर रु ५० लाखदेखि ९० लाखसम्म पर्ने गरेको बताइन्छ । चितवनको सौराहामा हात्ती राखेर होटल व्यवसाय गरिरहनुभएका दामोदर रेग्मीका अनुसार केही महिना अघि रु ८५ लाखमा हात्ती किनबेच भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश शुल्कबाहेक हात्ती चढ्न नेपालीले एकहजार एक सय, भारतीयले एक हजार छ सय र तेस्रो राष्ट्रका पर्यटकले दुई हजार एकसय रुपैया“ तिर्नुपर्छ ।हिजो ऐशआरामका साथ घरमै हात्ती पालेर बसेका राजवंशी समुदायका देउनीयका सन्तति अहिले अभावसँग मात्र जुधिरहेका छैनन्, जंगली हात्तीको उपद्रोबाट पनि त्यत्तिकै प्रताडित छन् । भारतबाट पूर्वोत्तर बाँहुनडाँगी हुँदै चारआलीको जंगल र चारकोशे जंगलमा बसेका हात्तीले दिनहँुजसो उपद्रो मच्चाउने गरेपछि दन्त्य कथाझैँ बनिसकेको हात्तीपालेको स्मरण व्यूँतिएर आउने गरेको बताउनुहुन्छ बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी ।
टेलिभिजनको पर्दामा र किताबमा मात्र हात्ती देखेका राजवंशी देउनीयका स–साना सन्ततिलाई आफ्ना बुबा र हजुरबुबाको जनजिब्रोमा झुण्डिएको उखान ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ पनि अब आफ्ना लागि उपयुक्त नभएको राजवंशी समुदायका युवा पुस्ताले बताउन थालेका छन् ।

No comments:

Post a Comment