यता अर्का गायक बलबहादुर राजबंशीले पनि उनको सब्दमा ‘मन रे मन’ बोलको गीत गाए, सो गीत पनि अहिले सम्म राजबंशि समुदायमा चर्चित छ । सानै उमेर देखि यस क्षेत्रमा रुचि भएता पनि घरायसी समस्याको कारणले गोपाल साहित्य क्षेत्रमा आउन सकेका थिएनन् । तर उडने पन्छिलाई कसले पो रोक्न सक्छर भनेझैं बि.स. २०५८ सालदेखि उनी राजबंशी साहित्य क्षेत्रमा सक्रियताका साथ लागे । २०६३ सालमा बैवाहिक जिवनमा बाधिएका उनलाई बिवाहपछि यस क्षेत्रमा लाग्न झनै उत्साह मिलेको उनी बताउछन् ।
‘मनेर फुल’, ‘बेदना भाग-१,२ र ३’, ‘याद आसेछे त्रिसना’, ‘तोर बीना’ लगायत थुप्रै एल्बमहरु उनले बजारमा ल्याईसकेका छन् । ‘तोर बिना’ एल्बममा समाबेश गरिएको उनको सब्द रहेको ‘तोर सगे जीवन मोर’ बोलको गीतको गीतको म्युजिक भिडियो पनि सार्बजनिकको तयारिमा छ । जस्लाई गायक केशव राजबंशीले गाएका छन् । सार्बजनिक पश्चात् गीतले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको गोपाल बताउछन् । राजबंशी भाषा साहित्य र कलालाई जगेर्नाका साथै यसलाई अन्तर्राष्ट्रिय समुदाय सम्म पुर्याउनको सधै लागिरहने बताउने उनी राजबंशी समुदायलाई अझै सरकारले ध्यान दिनु आवस्यक छ भन्छन्
No comments:
Post a Comment