
पुरुष नै महिलाको पोसाकमा
बीच-बीचमा ह“स्यौली गरेको देख्दा म र हजुरआमा पेट मिचिमिची हा“सेको
हिजोजस्तै लाग्छ । वर्षदिन बितेछ । मेरा गाउ“का साथीभाइ र आफन्तले मलाई खुब
सम्झेका छन् रे । रमाइलो गर्न म कहिल्यै पछि पर्दिनथे“ । यसपालीको
'सिर्वा' मेरालागि सम्झनामै रह्यो । सिरुवा पाब्नी-सिरुवा पर्व) राजवंशी
जातिको एउटा महत्त्वपर्ूण्ा चाड । जुन नया“ वर्षो आगमनलाई स्वागत गर्न
मनाइन्छ । वैशाख १ देखि ३ थतेसम्म बडो धुमधामसाथ मनाउने गरिन्छ । पहिलो दिन
एकले अर्कालाई पानी छ्यापाछ्याप गरेर वर्षरि शीतलता प्रदान होस् भन्ने
कामनासाथ शुभकामना आदान-प्रदान हुन्छ । त्यही दिन राजवंशीको घर-घरमा
छोरी-बुहारीले नियमपर्ूवक घाटोको गीत गाउ“दै 'घाटो' -माटोको कलशजस्ता
साना-साना मर्ूर्ति) पूजा गर्ने चलन छ । घाटो पूजाले वर्षरि जीउमा घाउखरिटा
हुन दि“दैन भन्ने मान्यता छ । यस देवतालाई राजवंशीले 'तिस्तावुरी' वा
खर्लीमाताको रूपमा मान्ने गरेको पाइन्छ । साथै त्यही दिन सात प्रकारका
सब्जी पकाएर भोलिपल्टका लागि राखिन्छ । त्यसलाई 'सात सागी वैशागी' भनिन्छ
। यसको अर्थ हो, वर्षरि नै सात व्यञ्जन खान पाइयोस् । दोस्रो दिन 'काद
सिरुवा' कम रमाइलो हु“दैन । दर्ुइ-चार दिन अघिदेखि माटो भिजाएर बनाएको
हिलोले सबै लतपतिएर, एकले अर्कालाई हिलो छ्याप्तै रमाइलो गरेको देख्दा,
वृद्धवृद्धा, केटाकेटी, युवायुवती कोही पनि त्यो रमाइलोबाट अछूत रहन
सक्तैनन् । यसरी हिलो खेल्नुको अर्थ हो- वर्षरि जति नै हिलो, धूलो, मैलोले
ढाके पनि खुसियाली र शीतलता भने छाइरहोस् । पहिलो दिन पकाएर राखेको 'सात
सागी वैशाखी' स्वादका साथ खाएर त्यही दिन सबै गाउ“ले मिलेर ग्रामदेवताको
पूजा बडो धुमधामले गरिन्छ । यता छोरीचेली भने अघिल्लो दिन घरको कुनामा पूजा
गरेर राखेका घाटो नजिकैको खोला, पोखरी अथवा पानी भएको ठाउ“मा गीत गाउ“दै
सेलाउन जान्छन् । सेलाइसकेपछि त्यहीं बसेर गाजीमुटी -चना र भुजा) खान्छन् ।
साथै छातामा पानि हाल्दै त्यही पानी ल्याएर सधैं शीतलता छाओस् भन्ने
मान्यतासाथ घर-आ“गन तथा सरसामग्रीमा र्छकने गर्छन् । त्यही दिन राजवंशी
जातिले कूलदेवताको पूजा गरेर कूलगुरु 'ठाकुर'लाई ल्याएर वर्षरि घर-आ“गन र
वरिपरि कुनै कुदृष्टि, रोगव्याधी, चोरी-डकैती, दैवीप्रकोप नलागोस् भन्ने
मान्यतासाथ 'चातर' बानिन्छ । त्यही दिन घर-घरमा लसुन, प्याज, खर्ुसानी
मूलढोकामा झुन्ड्याइन्छ । त्यसको र्अर्थ हो, कसैको घरमा कुदृष्टि नपरोस् ।
तेस्रो दिन रमाइलो र खुसी आदान-प्रदान गरिन्छ । त्यो दिन रङ्गको सिरुवा
खेल्दै मीठा-मीठा खानेकुरा खाने चलन छ । जसको अर्थ हो, वर्षरि रङ्गनि भएर
खुसी छाइरहोस् । त्यही दिनमा प्रायः प्रत्येक गाउ“मा नाच नचाउ“छन्, गाउ“का
ठूलाठालुले वा भनौ देउनियाहरूले गाउ“लेलाई मनोरञ्जन दिन । संस्कार र
संस्कृति कुनै जातिविशेषको अस्तित्व र पहिचान हो । खुसी आदान-प्रदान गर्ने
बहाना हो । यसमा भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । कुनै संस्कार र
संस्कृति त्यसै हाम्रा पर्ुखाले मान्दै आएका होइनन् । त्यसभित्र कुनै न
कुनै भाव, अर्थ र महत्त्व लुकेको हुन्छ । त्यस्तै नेपालका पर्ूर्वी तर्राई
झापा, मोरङ र सुनसरी मूलथलो भएका लगभग २ लाख जनसंख्याको हाराहारीमा रहेका
राजवंशी जातिको सिरुवा पर्वले पनि बेग्लै महत्त्व बोकेको छ ।
No comments:
Post a Comment