धेमाली राजबंशी समुदायमा मृत्यु क्रियाको १३ औ
दिनमा सम्पन्नगरिने अतिनै महत्वपूर्ण सुध्धिकरण कार्यहो | धार्मिक मान्यता
अनुसार देवऋषी नारद भगवान बिष्णु को दर्सन गर्न जादा भगवान बिष्णुले
नारद संग प्रस्न गर्नुभाको थियो “नारद के तिमि संसारका सबै धार्मिक
स्थलहरुको भ्रमण गरेको छौ ?”नारदले उत्तरमा भने हजुर मैले थाहा पाएको सबै
तिर्थ स्थलहरुको भ्रमण गरिसकेको छु | फेरी भगवानले भन्नुभयो संसारमा १ लाख
८४ धार्मिक स्थलछन् के तिमि ति सबै धार्मिक स्थलहरुको भ्रमण गरेका छौत र
तिमि जबसम्म यिसम्पूर्ण धार्मिक राजबंशी समुदायको गुरु जसलाई गुरुगसै भनिन्छ यो गुरुले मन्त्र उच्चारण गरि दहि .बेसार ,गंगाजल मिसाएको पानीमा एकप्रकारको घोल बनाउछ | धेमाली देने सम्पूर्ण मानीसहरुलाई नया तौना(धोति जस्तै राजबंशी समुदायको पुरुसहरुले लगाउने पोसाग हो )दिइन्छ र धेमाली दिने मानिसहरु नुहाई-धुवाई गरि सुध्ध हुनुपर्दछ | धेमाली दिने समय भएपछी सबै ताती बधरुपमा एककृत हुन्छन र आँगनमा धेमाली दिने ठाउमा लिपपोत गरि सुध्ध पारिएको हुन्छ यस ठाउमा सबै ५ फन्का घुमी नियमित रुपमा उभिन्छन फन्का लगाउने क्रममा सर्ब प्रथम गुरुगसै त्यसपछि किर्तनिया गसै त्यसपछि क्रिया पुत्र र त्यस्पस्चात अन्य हरु हुन्छन |सबै जना उभी सके पछी गुरु गसैले मन्त्रले सिद्ध गरेको घोलले धर्को तान्छ गुरुगसै ले धर्को तानीसके पछी सबैलाई धर्को माथि पल्टिन आदेश दिन्छन र गुरुले गंगाजलमा मन्त्र फुकी हरिबोल भन्छन र सबै जना हरिबोल भनि एक्फन्का पल्टीन्छन| यति गरिसके पश्चात यो बिधि पूर्ण हुन्छ र सबै सुध्ध हुन्छ भन्ने मान्यता छ |
No comments:
Post a Comment