नेपालका आदिबासीहरु जनजातिहरूमध्ये राजबंशी समुदाय बिशिष्ठ पहिचान सहितको समुदाय हो । करीव एक लाखको संख्यामा पूर्वी नेपालको तराइमा रहेको यो जातिको आफ्नै मौलिक परम्पराहरु रहेका छन् । राजबंशी समुदायले लगाउने पोशाक र गहनाहरु लोपोन्मुख अवस्थामा रहेका छन् । युवा समुदायले यस्ता बस्तुप्रति ध्यान नदिँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् । महिला तथा पुरुषले लगाउने पेटानी, ब्लाउज, कानमा लगाउने चेप्टा सना, गोल सनाहरु बिस्तारै प्रचलनमा हराउनु चिन्ताको विषय हो ।
नाकमा लगाउने बेशन, नेथ्या, घाँटीमा लगाउने गोठमाला, हार बिच्छा माला र चन्द्रहार, पाखुरामा लगाउने समाग्री सिप्तीतार, भुमुख दुवातार माला आदि हुन ।
खुट्टामा लाउने छारा, खेउरा आदि हुन् । पुरुषले लगाउने पाइजामा, कमिज, सुरुवाल, धोती युवाहरुको रोजाइमा पर्नै छाडेको छ । पश्चिमा सँस्कृतिको सिको गर्दै युवाहरुले मौलिक पहिरन लगाउन छाडेका हुन । अरू बेला नलगाए पनि बिवाह र अन्य सामाजिक काममा यस्ता मौलिक पहिरन लगाउने गरे यिनीहरूको संरक्षण हुन सक्नेछ ।
आफ्नो जातिय अस्तीत्व जोगाइ राख्नका लागि पनि आफ्नो सँस्कृतिको रक्षा गर्नु अपरिहार्य हो । युवाहरुलाई पनि यस्ता पहिरनप्रति चासो देखाउनुपर्ने देखिन्छ नत्र यस्तै अवस्था रहे मौलिक पहिरनहरु लोप हुन नसक्लान् भन्न सकिदैन

No comments:
Post a Comment