घरमा बेकामे भएर बसेपछि बाबुले दीपकलाई विदेश पठाइदिन्छन् ।
धेरथोर पैसा कमाएपछि घरमा बोलाएर उसलाई बाबुले बिहेका लागि आग्रह गर्छन् ।
दीपकको गाउँकै आरतीसित बिहे हुन्छ । तर, वैवाहिक सम्बन्ध सुमधुर बन्न
सक्तैन । दीपक घरायसी मामलाभन्दा पनि बाहिरी रिमझिममा व्यस्त हुन्छ । उसले
पत्नीलाई विदेशै लिएर गएको हुन्छ । यस्तै सिलसिलामा उसको रोश्नीसित
प्रेमसम्बन्ध सुरु हुन्छ । तर, आखिरीमा उसले आरतीलाई माया गर्छ । सबै मिलेर
बस्छन् ।
यो कथा हो राजवंशी भाषाको पछिल्लो चलचित्र मोर जीवनसाथीको । झापा विर्तामोडको च्यारेटी शो पर््रदर्शनको अवसरमा
निर्माता दरपसिंह राजवंशीले भने, 'फिलिम पारिवारिक कथावस्तुमा आधारित छ ।'
उनका अनुसार चलचित्रको पूरै कथा एउटा परिवारभित्र केन्द्रित छ । साढे पाँच
लाख रुपैयाँको लागतमा निर्मित चलचित्र दीपक अधिकारीले निर्देशन गरेका हुन् ।
चलचित्रमा कृष्ण राजवंशी -दीपक) नायक, श्यामा राजवंशी -आरती) नायिका र
पुनम राजवंशी -रोश्नी) सहनायिका छन् । त्यस्तै, धर्मलाल राजवंशी, यामलाल
राजवंशी, पुनम चौधरी, करिश्मा शर्मा, रामबहादुर राजवंशीको मुख्य भूमिका
रहेको चलचित्र गोकुलप्रसाद राजवंशीको प्रस्तुति हो । आदर्श मुभिज कला
केन्द्रको ब्यानरमा बनेको चलचित्र झापाका विभिन्न क्षेत्र र भारतमा
छायाङ्कन भएको छ ।
राजवंशी भाषाको चौथो सो चलचित्रमा सन्तोष खवासको
द्वन्द्व, गोविन्द प्रभातको नृत्य, गङ्गाप्रसाद राजवंशीको सङ्गीत, गणेश
श्रेष्ठको छायाङ्कन र राजकुमार साहको कथा रहेको छ । चलचित्रको स्थानीय
संयोजन सिर्द्धार्थ युवा क्लब घैलाडुब्बाले गरेको छ । राजवंशी भाषामा यसअघि
देवसरी, माअेरआशर्ीवाद लगायतका फिल्म बनिसकेका छन् ।