डिकमान पुरस्कारबाट प्रतिदिनका सम्पादक राजवंशी पुरस्कृत हुँदै
झापा , साउन २७ । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रतिदिन
दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी पुरस्कृत हुने भएका छन् ।
नेपाल
आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला कार्य समिति झापाले २२ औं
स्थापना दिवसको अवसरमा आज सो घोषणा गरेको हो । डिकमान विरही उत्कृष्ट
पत्रकारिता पुरस्कार २०७७ राजवंशीलाई प्रदान गरिने भएको हो । त्यस्तै यस
वर्षको पुरस्कार भने पत्रकार कमन देवानलाई प्रदान गरिने भएको छ । सो
पुरस्कारको राशि जनही २५ हजार नगद रहेको छ । कोरोना महामारीका कारण गत वर्ष
सो पुरस्कार प्रदान गर्न सकिएको थिएन । त्यस्तै उदयीमान पत्रकारिता
पुरस्कार २०७७ मिना नेम्बाङ, सुभला तामाङ, २०७८ का लागि डिल्लीश्वर मुसाहाङ
(अम्याङ्सा) र लीला राईलाई छनौंट गरिएको फोनिज झापाका अध्यक्ष बिशाल
नेम्बाङले बताए । उदयीमान पत्रकारिता पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ
रहेको छ ।आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्षले नेम्बाङले
जानकारी दिए । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही उत्कृष्ट
पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार २
जना नयाँ पत्रकारलाई वितरण गर्दै आएको छ ।
The Elephant Riders === Goalpara folk songs keep alive the unknown, uncertain lives of the mahouts
The green carpet of tea gardens in Assam spreading for miles, with
majestic elephants trotting as per their mood, reminds me of the
Goalpara folk song ‘O Mor Mahut Bondhu Re’.
It is perhaps the only pop song associated with elephant trapping and the risks that mahouts undertook while the womenfolk awaited their return.
