
आत्माराम राजवंशी, खजुरगाछी
राजवंशी सांगीतिक आकाशमा उदाएका नायक तथा निर्माता भुवनेश्वर राजवंशी आफ्नो तेस्रो प्रस्तुति लिएर बजारमा आएका छन् । राजवंशी भिडियो एल्बम ‘मनेर रानी’ उनले चैत्र १२ गतेदेखि सर्वत्र बजारमा ल्याएका हुन् । इलाम र झापाका विभिन्न ठाउँमा सुटिङ्ग गरिएको सो एल्बममा उनी मोडेलको रुपमा देखिएका छन् । एलबमका ८ वटा गीतमध्ये ‘ओ मोर दिलेर रानी’ बोलको गीतले चर्चा पाएको नायक भुवनेश्वरको ठम्याई छ ।
रामनारायण सिंह राजवंशी र मनेजादेवी राजवंशीको कान्छो छोराकोरुपमा जन्मिएका भुवनेश्वरको स्थायी घर महाभारा-१ कुञ्जीवारी हो । सानैदेखि गीत र संगीतमा रुची राख्ने उनले यसअघि ‘सुनगे माई’ र ‘मनेर काथा’ भिडियो एल्बम बजारमा ल्याइसकेका छन् । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनले राजवंशी फिल्म ‘बागानेर

