Siruwa pabni / New year
सिरुवा पावनी एक परिचय (Siruwa Festival A brief description)
नयाँ वर्षमा मनाइने यो चाड
पूर्वी तराइमा मानिने प्रमुख पर्व हो यो पर्व विशेष गरी ३ दिनसम्म मनाइन्छ ।
यस पर्व लाई जुर शितल पनि भन्ने गरिन्छ यस पर्वको पहिलो दिन बैशाख १ गते
अर्थात् यस दिनलाई पानी सिरुवा भन्ने गरिन्छ । पानी सिरुवामा आफूभन्दा
ठूलाको खुट्टामा पानी हालेर आशिर्वाद लिने गरिन्छ । शुभकामना आदानप्रदान
गर्ने गरिन्छ । वर्षको दुःख कष्टलाई धोइ पखाली नयाँ वर्षको शुरुवातसँगै
वर्षभरि शरीर ठण्डा र शीतल रहोस् भनी कामना गरिन्छ
दोस्रो दिन
अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ । यसदिन एक अर्कालाई हिलो छ्यापा-छ्याप
गरेर मनाउने गर्छन् । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो
सिरुवा खेलिने चलन छ । यसो गर्नाले माटोको शरीर अन्ततः माटो मै विलिन हुने
भएकाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने बिश्वास गरिन्छ नवबर्षको तेस्रो दिन
रंग सिरुवा खेलिन्छ । रंग सिरुवामा एक अर्काबीच रंग छ्यापेर शुभकामना
आदानप्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेर मनमुटावलाई बिर्सेर रंग खेली
हर्ष उल्लासका साथ मनाइन्छ । सबैले नयाँ बर्षको उपलक्ष्यमा नयाँ लुगा
लगाउने, मिठो-मिठो परिकार बनाएर खाने चलन छ ।
Subscribe to:
Posts (Atom)