झापा / झापा क्षेत्र नं ३ का चिरप्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेन दुवैजना यतिखेर आदिवासी समुदायको मत तान्न लागिपरेका छन् । बहुसंख्यक ती समुदायले सहयोग नगरे चुनाव जित्न गाह«ो पर्ने बुझेर कांगे्रसका उम्मेद्वार सिटौला र बाम गठबन्धनका तर्फबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङदेन आदिवासी समुदायलाई फकाउन ब्यस्त छन् ।
झापाको ३ नम्बर क्षेत्र छोड्न नमान्ने दुवैजनाले आदिवासीहरुलाई भोट ब्यांक बनाएर राजनीति गर्दै आएका छन् । बिगतमा जसले जे भन्यो त्यही मानेका सोझासीधा आदिवासीहरु यसपटक भने मन नपर्ने दल र तिनका उम्मेद्वारको खुलेर बिरोध गर्न थालेका छन् । खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसका उम्मेद्वार लिङदेनका कारण धेरै आदिवासीहरु सकिएपछि उनीहरु त्यसको बिरुद्धमा उत्रिएका हुन् । पञ्चायतकालमा राप्रपामा