गोकुल राजबंशी |
बिर्तामोड,चैत ११ । तत्कालीन राजा महेन्द्रबाट नेपाली हास्य सम्राटको उपाधि पाएका गोकुल राजबंशीको आइतबार विहान २ः३० बजे निजी निवासमा निधन भएको छ ।
राजगढ गाबिस बार्ड नं –३ बुट्टावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु जितनलाल राजबंशी र आमा बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशीका एक दिदी आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाइँसराईको क्रममा २००६ साल कार्तिक महिनामा घैलाडुब्बा बार्ड न –७ मा आउनु भएका उहाँले बाँकी जीवन यसै गाबिसमा विताउनु भयो । उहाँ आदर्श उच्च माबि घैलाडुब्बामा कक्षा १० सम्मको अध्ययन पूरा गरी त्यसै बिद्यालयमा २०२२ सालदेखि १० बर्षसम्म शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पुराना मानिसहरु गोकुल सर भनेर चिन्दछन् ।