"नाना बुढा त गएछन् नि आज"पल्ला घरका दाइको परबाट यो बोली मेरो कानमा च्वास्स पस्यो अनि एक्कासी मुखबाट निस्कियो-कठै!
नाना (राजबंशी/थारु आदि जातमा मावली हजुरबुवा) करिब एक महिना अघि जेठी छोरीको जेठी छोरीको घर गएका थिए।
नाना बुढा निकै बुढो भएका थिए।ठूलो सिसावाला चस्मा हातमा एउटा लौरो र काधमा
कालो छाता अड्काएर पछाडी झुन्ड्याउँदै कहिले जेठी छोरीको घर त कहिले
कान्छी छोरीको घर पैदल नै आउँथेँ।छोराको घर प्राय जादैन थिए।नानाको आँखा
कमजोरी भएतापनि जेठी छोरी र कान्छी छोरीको घरसम्मको करिब छ किलोमिटर को मूल
राजमार्गको बाटो हुत्तिदै हिँड्थे।
उनका दुइ छोरी र एक छोरा थिए।पूर्व,तराइको मध्य दक्षिण क्षेत्रमा नानाको
बिशाल बिर्ता थियो।उनलाइ सबैले देउनिया भन्थे।वल्लो छेउमा उभिएर पल्लो
छेउको साँध देखिन्नथ्यो।पहाडबाट मान्छे क्रमश तराइ आउँदै जाँदा यि लगायत
अन्य देउनियाको(प्राय सबैको प्रशस्त जमिन थियो) सीमाना साँधुरिदै गयो।आफ्नो
परम्पराले पनि हुनसक्छ ,यो