Pages

राजबंशी समुदायको गुरुहरुको परीचय

राजबंशी समुदायको आफ्नै किसीमको मौलीक रिती-रिवाज परम्पराहरु बिसेस किसिमको पहीचान बोकेको समुदाय हो |राजबंशी समुदायमा चाड-पर्व,बिहे-बारी,पुजा-पाठहरु गर्ने तरिकाहरु आफ्नै किसिमको यो समुदायको धार्मिक कार्यहरु सम्पन्न गराउने धार्मिक गुरुहरु पनी यसै समुदायबाट हुन्छन जसलाईगसैभनिन्छ | यो समुदायको फरक-फरक किसीमको धार्मिक कार्यहरु सम्पन्न गराउने गुरुगसैहरु फरक-फरक किसीमको हुन्छन जुन बिसेस धार्मिक कार्यहरुमा आवस्यक पर्दछ |
. गुरुगसै (कुल गुरु )
. पण्डित
. किर्तनिया गसै
. गाइनगसै
. गुरुगसै (कुल गुरु):----
गुरुगसै राजबंशी समुदायको प्रमुख धार्मिक गुरु हो जसलाई कुलगुरु पनी भनिन्छ | गुरुगसैको आवस्यक्ता बिहेको कार्य देखी लिएर मृत्युको संस्कार सम्ममा गुरुगसैको आबस्यक्ता पर्दछ | जुन परिवारमा गुरुगसै हुदैन त्यो परिवार असुद्ध मानीन्छ त्यो परिवार यस समुदायको कुनै पनी धार्मिक कार्य हरुमा चल्दैन | जबसम्म कुलगुरु बनाउदैन तब सम्म परिवार सुद्ध मनीदैन परिवार लाइ सुद्धिकरण गर्नको लागि गुरुको आबस्यकता पर्दछ गुरु बनाइ गुरुले तुलशीको पातमा मन्त्र उच्चारण गरि कानमा फुकी सकेपछी सुद्ध हुने मान्यता यस समुदायको रहेको जसलाईकानभजाभनीन्छ |”कानभजाको अर्थहुन्छ कानमा मन्त्र उच्चारण गर्नु |
कसैलाइ गुरु स्विकार गर्दा पनी बिसेस किसिमको नियम पालन गर्ने चलन | गुरु खोज्न निस्किदा नुहाई धुवाई गरि सुद्ध सादा कपडा लगाई जोगीको भेषमा चप्पल जुत्ता नलगाई निस्कनु पर्दछ असभ्य शब्दहरु प्रयोग गर्नु हुदैन जोगीको भेषमा देखी दिनसम्म गाउँ-गाउँ,टोल-टोल घुम्नु पर्छ अन्त्यमा गुरुद्वार पुगी गुरुको चरणमा पान-सुपारी राखी गुरु बन्ने प्रस्ताब राखी बिन्ति गर्नुपर्छ गुरु बन्ने बिन्ति स्विकार गरिसके पछी भगत वा चेला हुने व्यक्ति घर फर्की सनिवार बाहेकको कुनैपनी दिन सायद पारि घर-आँगन ,ठाकुरबारी (कुलदेवताको घर) गाईको गोबरले लिप-पोत गरि तुलसीपानी गंगा जल छर्की सुद्ध पारिन्छ गुरु बनाउने व्यक्तिलाइ बिसेस सम्मानसाथ् घरमा ल्याईन्छ राजबंशी समुदायको नियम अनुसार बिधि पुर्वक गुरु स्विकारिन्छ गुरु स्विकारीसकेपस्चात गुरुबारी अर्थात गुरुको घरको पनि सम्म पिउन हुदैन गुरुको घरमा गइ केहि खायो वा पिइयो भने गुरु ऋण लाग्छ भन्ने मान्यता यस समुदायको रहेको | गुरुको कुनैपनी स्थान मा भेट हुदा चप्पल जुत्ता खोलि नांगो खुट्टा भइ दण्डवत गर्ने चलन |
.पण्डित :-------
राजबंशी समुदायमा बिहे कार्य सम्मपन्न गराउने खास व्यक्तिलाइ पण्डित भनिन्छ यस्तो प्रकारको पण्डित राजबंशी समुदायबाटनै हुन्छ पण्डितको आबस्यक्ता बिहे कार्यमा मात्र हुन्छ तर अन्य समुदायको संस्कृतिको प्रभाब का कारण यस्तो प्रकारका पण्डित हरु लोप हुदै गएको पाइन्छ बर्तमान समयमा यस्ता पण्डितको चलन दक्षिण-पक्षिम मोरंगका अर्थात् बिराटनगर क्षेत्रका जस्तै कटहरी ,कर्सिया ,बेतौना ,मायागंज,बबिया ,जयरामपुर ,बैरिया ,बिसनपुर ,केहि मात्रामा रंगेली,दर्बेशा,फर्शाडाँगीका राजबंशीहरुले यस्तो प्रकारको पण्डित लिएर बिहे कार्य सम्पन्न गराउछ तर पुर्बी मोरंग लगायत झापाको राजबंशी समुदाय हरुमा यस्तो पण्डितहरुको चलन पूर्ण रुपमा लोप भैसकेको उनीहरु बिहे कार्य सम्पन्न गराउन ब्राह्मण पुरोहित डाक्दछन कतिले यस्तो पण्डित हरुको बारेमा बिर्सी सकोपनी छन् |
.किर्तनीया गसै:----
किर्तनीया गसैको पनी यो समुदायको एक महत्वपूर्ण गुरु सरहका व्यक्तिहरु हुन् जसले यो समुदायको मृत्यु क्रियामा महत्वपूर्ण भूमीकानिर्भाह गर्दछ | किर्तनिया गसैले मृत्यु भाको दिनदेखि १३औ दिनकोधेमालीवालाख चौरासीसम्म महत्वपूर्ण भूमिका निर्बाह गर्दछन |
. गाइनगसै :--------
गाइनगसै यो समुदायको पुजारी सरहको गसै हो | जसको आबस्यकता कुलदेवताको पुजागर्न आबस्यकता पर्दछ | “नेमानयो पुजा यो समुदायको सबै भन्दा ठुलो कुलदेवताको पुजा हो यो पुजामा निकै नियमहरु पालना गरि पुजा कार्य सम्पन्न गर्नु पर्दछ यो पुजामा गाइनगसैको अनिवार्य आबस्यक्तापर्दछ यो पुजामा राजबंशी समुदायको कुलदेवता ठाकू ब्रम्हानीको पुजा गरिन्छ गाइनगसैले संगीतमय रुपमा यो पुजाको कथा वाचन गर्दछ जसलाईगाइन नाचभनीन्छ | बिहे कार्यमा पनी गाइनगसैको आबस्यक्ता पर्दछ |  
लेखक -राम कुमार राजबंशी

No comments:

Post a Comment