Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

‘भेन चलाउनु नै हाम्रो एकमात्र बाँच्ने आधार’

खुट्टामा हवाई चप्पल,कम्मर मुनी धोती र त्योभन्दामाथी शरीरको अगाडीको भाग थोरै भएपनि स्पष्टरुपमा देखिने गरी लगाएको टाँकविहीन सर्ट वा टिसर्ट साथमा उहाँसँगै देखिने गरेकी जसको खुट्टामा मेजीक चप्पल,आङ ढाक्नलाई सारीचोलो लगाएकी हरपल साथमा देखिने एक दम्पत्ति शनिश्चरे-अर्जुनधारा क्षेत्रका विभिन्न स्थानहरुमा कहिले ग्राहक कुरिरहेका हुन्छन् भने त कहिले अविरल वर्षा,प्रचण्ड गर्मी,कठाङरीने जाडोकोसमेत प्रवाह नगरी ग्राहकहरुले भनेबमोजीम उनीहरुका सामाग्रीहरु भेनको सहारामा गन्तव्यतर्फ अघि बढ्दै गरेका भेटिन्छन् ।उहाँहरु हुनुहुन्छ अर्जुनधारा-१ हात्तीकिल्ला निवासी ६४ वर्षीय दिनेश राजवंशी र उहाँको श्रीमती दया राजवंशी ।

20 Benefits Of Walking


ठाकुर ब्रह्मानीर पूजा

आजी नेमान खाचे गाँवेर
देउनियाँ देउनियाँनी।
लारु केला चढाय पूजे
ठाकुर ब्रह्मानी।।

महिला सभासद्लाई प्रेम प्रस्ताव राख्ने घटे, भर्जिनिटी जोगाउने चिन्ता

milan-rajbanshi
२ फागुन, काठमाडौं । २९ वर्षकी सभासद् मिलन राजवंशी प्रेमबारे बोल्न संकोच मान्नु हुँदैन भन्ने मान्यता राख्छिन् । प्रेमबारे खुलस्त बोल्न खोजे पनि ‘अहिलेसम्म प्रेममा परेकी छैन’ भन्ने उनको भनाइले उनलाई ‘फ्रयांकनेस’लाई सन्देशास्पद बनाइदिएको छ । प्रेममा नपरे पनि कैयौं प्रेम र बिहे प्रस्तावलाई उनले लत्याइसकेकी छिन् ।
‘आई लभ यु र तिमीसँग बिहे गर्छु भन्ने कति आए कति,’ मन्द मुस्कुराउँदै उनी सुनाउँछिन्, ‘तर मैले मानिनँ ।’ सभासद् हुनु उनको ‘प्रेम जीवन’का निम्ति फलिफाप भएनछ । भन्छिन् ‘खै किन हो, सभासद् बनेपछि प्रेम प्रस्ताव गर्ने ह्वात्तै घटेका छन् ।
सभासद् हुनुपूर्व उनीमाथि चारैतिरबाट प्रेम प्रस्ताव ओइरिन्थ्यो रे ! ‘कहिलेकाँही त हैरान नै हुन्थ्येँ,’ उनी भन्छिन्, ‘अहिले त्यस्ता अनावश्यक झन्झटबाट मुक्त भएकी छु ।’ हँसिलो अनुहारकी राजवंशी नेपाल परिवार दलको समानुपातिक सिटअन्तर्गत सभासद बनेकी हुन् ।
अमेरिकाबाट चारबर्षे ‘इन्टरनेसनल लिडरसिप ट्रेनिङ कोर्स’ सिध्याएर ०६७ मा देश फर्केपछि राजवंशीमाथि प्रेमप्रस्ताव बढी ओइरिन थालेको हो । उनले हरेक प्रस्तावलाई आलटाल गरिन् ।
‘सभासद्को गरिमामय जिम्मेवारी निर्वाह गर्ने दायित्व

दुवागढीमा बृहत कोच राजवंशी लोक सांस्कृतिक कार्यक्रम हुने

आत्माराम राजवंशी, खजुरगाछी ।
झापाको दुवागढीमा चैत १ र २ गते वृहत कोच राजवंशी लोक सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
डोल पावनी (फागु पूर्णिमा) को अवसरमा कोच राजवंशीहरुको जातीय पहिचान, संस्कृति र रहन सहनको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाइएको छ । राजवंशी समाज विकास समिति दुवागढी, राजवंशी जाग समाज दुवागढी र फुलभासा आदिवासी युवा क्लब दुवागढीको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल तथा भारतको कोच विहारका साहित्यकार, इतिहासकार, कविलगायत बरिष्ठ कलाकारहरुको उपस्थिति रहने आयोजक कमिटिका सदस्य दल सिंह राजवंशीले जनाएका छन्। कार्यक्रममा राजवंशी फेसन शो, फोटो प्रदर्शनी, राजवंशी लोक गीत तथा नृत्यको प्रस्तुति रहने आयोजक कमिटिले जनाएको छ ।