Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

मोर जीवनसाथी

घरमा बेकामे भएर बसेपछि बाबुले दीपकलाई विदेश पठाइदिन्छन् । धेरथोर पैसा कमाएपछि घरमा बोलाएर उसलाई बाबुले बिहेका लागि आग्रह गर्छन् । दीपकको गाउँकै आरतीसित बिहे हुन्छ । तर, वैवाहिक सम्बन्ध सुमधुर बन्न सक्तैन । दीपक घरायसी मामलाभन्दा पनि बाहिरी रिमझिममा व्यस्त हुन्छ । उसले पत्नीलाई विदेशै लिएर गएको हुन्छ । यस्तै सिलसिलामा उसको रोश्नीसित प्रेमसम्बन्ध सुरु हुन्छ । तर, आखिरीमा उसले आरतीलाई माया गर्छ । सबै मिलेर बस्छन् ।
यो कथा हो राजवंशी भाषाको पछिल्लो चलचित्र मोर जीवनसाथीको ।  झापा विर्तामोडको च्यारेटी शो पर््रदर्शनको अवसरमा निर्माता दरपसिंह राजवंशीले भने, 'फिलिम पारिवारिक कथावस्तुमा आधारित छ ।' उनका अनुसार चलचित्रको पूरै कथा एउटा परिवारभित्र केन्द्रित छ । साढे पाँच लाख रुपैयाँको लागतमा निर्मित चलचित्र दीपक अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा कृष्ण राजवंशी -दीपक) नायक, श्यामा राजवंशी -आरती) नायिका र पुनम राजवंशी -रोश्नी) सहनायिका छन् । त्यस्तै, धर्मलाल राजवंशी, यामलाल राजवंशी, पुनम चौधरी, करिश्मा शर्मा, रामबहादुर राजवंशीको मुख्य भूमिका रहेको चलचित्र गोकुलप्रसाद राजवंशीको प्रस्तुति हो । आदर्श मुभिज कला केन्द्रको ब्यानरमा बनेको चलचित्र झापाका विभिन्न क्षेत्र र भारतमा छायाङ्कन भएको छ ।
राजवंशी भाषाको चौथो सो चलचित्रमा सन्तोष खवासको द्वन्द्व, गोविन्द प्रभातको नृत्य, गङ्गाप्रसाद राजवंशीको सङ्गीत, गणेश श्रेष्ठको छायाङ्कन र राजकुमार साहको कथा रहेको छ । चलचित्रको स्थानीय संयोजन सिर्द्धार्थ युवा क्लब घैलाडुब्बाले गरेको छ । राजवंशी भाषामा यसअघि देवसरी, माअेरआशर्ीवाद लगायतका फिल्म बनिसकेका छन् ।