Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

THE VAOAIYA FOLKSONG OF RAJBANGSHIES AT BANGLADESH...



Bangladesh has a rich tradition of folk music.  Although internationally the Baul music is the most well known, there is also the vaoaiya (bhawaia), jari, shari, bhatiyali, jager-gaan, jhumur-gaan, shoitto-peerer-gaan, gajir-gaan, gomvira, baul-gaan, jhapan-gaan, maijvandari-gaan, jogeer-gaan, marfoti-gaan, murshidi-gaan, alkap-gaan, torja-gaan, ghatur-gaan, letor-gaan, dhuaa-gaan, khapa-gaan, and a host of others.  This page will concentrate on the vaoaiya(a.k.a. Bhawaia), which is one of the most popular mainstream folk-songs of northern Bangladesh.
Background
The history of the vaoaiya folk song, like the history of most folk arts, is not always clear.  It is believed that the vaoaiya originated in the Rangpur Districts and the Koch Behar.  Many believe that it is traceable back to the 14th and 15th century.
The first scholarly approach to the subject of vaoaiya appears to be the work of Sir Abraham Grierson (1851-1941).  He was a former British Deputy Collector of the Rangpur district.  He collected two vaoaiya lyrics 1898 and used them as an example of the local dialect.  It is published in his book Linguistic Survey of India (1903), Vol-V, Part-I.

राजवंशीका थरिथरिका विवाह गर्ने पद्धति

हाम्रो समाजमा विवाह गर्ने चलन कति प्रकारका होलान् ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ, मागी, प्रेम र कानुनी गरी तीन प्रकारका । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन् । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन छ आठ प्रकारको ।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यी चलनवाट विवाह भएको देख्न सकिन्छ । यस समुदायमा मागी विवाह (बरबधु पक्षबीच समझादारीमा भएको विवाह), धन्जिया विवाह (कन्याकेटीको घरमा बर आएर विवाह गरेर बस्ने), डाँगुआ विवाह (विधवासँग घरमा लोग्ने मान्छे आइ घर जम गर्ने), दामेदुमे विवाह (कन्या केटी आर्थिक अभावका कराण बरको घरमा ल्याई विवाह गर्ने), घरढुक्का विवाह (केटाकेटी मन पराएर केटीले आफूखुशी केटाको घरमा गई बस्ने), भातार धरा विवाह (केटाकेटी मन पराइ बाहिर नै विवाह गर्ने), किआ विवाह (विधवा महिलालाई केटाको घरमा ल्याई विधि विधान गरी घरजम

नायक भुवनेश्वर चर्चाको शिखरमा


आत्माराम राजवंशी, खजुरगाछी
राजवंशी सांगीतिक आकाशमा उदाएका नायक तथा निर्माता भुवनेश्वर राजवंशी आफ्नो तेस्रो प्रस्तुति लिएर बजारमा आएका छन् । राजवंशी भिडियो एल्बम ‘मनेर रानी’ उनले चैत्र १२ गतेदेखि सर्वत्र बजारमा ल्याएका हुन् । इलाम र झापाका विभिन्न ठाउँमा सुटिङ्ग गरिएको सो एल्बममा उनी मोडेलको रुपमा देखिएका छन् । एलबमका ८ वटा गीतमध्ये ‘ओ मोर दिलेर रानी’ बोलको गीतले चर्चा पाएको नायक भुवनेश्वरको ठम्याई छ ।
रामनारायण सिंह राजवंशी र मनेजादेवी राजवंशीको कान्छो छोराकोरुपमा जन्मिएका भुवनेश्वरको स्थायी घर महाभारा-१ कुञ्जीवारी हो । सानैदेखि गीत र संगीतमा रुची राख्ने उनले यसअघि ‘सुनगे माई’ र ‘मनेर काथा’ भिडियो एल्बम बजारमा ल्याइसकेका छन् । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनले राजवंशी फिल्म ‘बागानेर

सुरू भयो सिरूवा

आत्माराम राजवंशी, खजुरगाछी ।
नयाँ वर्षको आगमनसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाईं, ताजपुरिया, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन वैशाख १ गते जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ । एकआपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान-प्रदान गर्दै सामूहिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरिएको छ । चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा-मिठा परिकार समेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ ।